१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षकहरुले शिक्षा दिवस सडकमा मनाए ?

२२ भाद्र २०७२, मंगलवार १३:२८

unnamed (6)

भदौ २१, पर्वत । यस बर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्टिय साक्षरता दिवस शिक्षकहरुले सडकमै मनाएका छन् ।

शिक्षा सम्बन्धी विभिन्न मागहरु राखी चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्ना मागहरुप्रति सरकार उदासिन भएको भन्दै सडकमै कार्यक्रम गरेर शिक्षा दिवश मनाएका हुन ।

नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको आव्ह्वानमा जिल्ला शिक्षा कार्यालयले गर्ने औपचारिक कार्यक्रम बहिस्कार गरी शिक्षकहरुले आन्दोलनकै स्वरुपको रुपमा सडकमा नै कार्यक्रम मनाएका हुन् । लोकतन्त्रचोकबाट निकालीएको विरोध ¥यालीले बजार परिकर्मा गरी पुन लोकतान्तित्रक चोकमा नै आएर कोण सभा गरेका थिए ।

नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष डा. चुडामणि शर्माको अध्यक्षतामा भएको कोणसभामा बोल्ने शिक्षकहरुले अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, भुक्कपबाट प्रभाबित भएका बिद्यालयको शिघ्र निमार्ण गर्नुपर्ने, द्धन्द पिडीत शिक्षकलाई शिग्र पुनर्वहाली गर्नुपर्ने माग राखेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षामन्त्रीको राजीनामा समेत माग गरेका थिए । शिक्षकको हकहितको लागि राज्यले कुनै पनि कार्य नगरेको र अस्थायी शिक्षकलाई स्थायी गर्नमा कन्जुसाई गरेको भन्दै राज्यले शिक्षित बर्गको अपमान गरेको उनीहरुको आरोप थियो ।

पनि नेपाल शिक्षक संघ , नेपाल शिक्षक संघठन नेपाल राष्ट्रिय शिक्षक संगठन गरी चार शिक्षक संगठनको सहभागितमा विरोध ¥यालि निकालिएको हो । नेपाल शिक्षक महासंघको अगुवायीका ¥यालि निकालिएको हो ।

नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य हिरादेवी शर्माको प्रमुख आथिति तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिवालय सदस्य रमेशलाल सापकोटा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य घनश्याम लामिछाने लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन अखिल नेपाल शिक्षक संगठन पर्वतका अध्यक्ष भूमिराज शर्माले गरेका थिए ।

विरोध सभामा नेशिसंघका पर्वतका सचिव मोतिप्रसाद चुवाइले गीत प्रस्त्ुत गरेका थिए । भने कार्यक्रममा भजनकृतन सहित नाचगानको रौकनाता थियो । यता जिल्ला शिक्षा कार्यालय पर्वतले भने शिक्षा दिवशको अबसरमा शिवालय उमाविमा कार्यक्रमको आयोजना गरी शिक्षा दिबश मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु