२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भुकम्पले ध्वस्त विद्यालयलाई पचास हजार सहयोग प्रदान

२०७२, २४ भाद्र बिहीबार १२:४९

12007226_895647033862014_1787995011_n

भूमिराज शर्मा/भदौ २४, पर्वत । जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उमाविमा यहाँका एक अभिभावकले पचास हजार नगद सहयोग गरेका छन् ।

गत बैशाखमा आएको विनाशकारी महाभुकम्पले ध्वस्त भएको विद्यालय पुननिर्माणका लागि सोही गाविसको वडा नं ८ निवासी कलाधर जैसी चपाईको परिवारले एक कार्यक्रमकाबीच उक्त रकम प्रदान गरेको हो ।

बिहीबार विद्यालयमा आयोजित नगद हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका भूतपूर्व विद्यार्थी एवं उक्त परिवारका जेष्ठ सुपुत्र जिवन्धर शर्मा जैसीले विद्यालय पुननिर्माणको लागि समुदायको सहयोग महत्वपूर्ण हुने महशुस गरी आफ्नो परिवारले सहयोग गरेको बताउनु भयो ।

सो नगद रकम हस्तान्तरण कार्यक्रममा सहयोग गर्ने चापागाई परिवारका सदस्यहरुलाई विद्यालयले खादा, अबिर र सम्मानपत्रले सम्मान गरेको थियो । सहयोगी परिवारलाई धन्यवाद एवं आभार प्रकट गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यष कृष्ण बहादुर गुरुङले विपदको बेलामा अभिभावक र भूतपूर्व बिद्यार्थीहरुको सहयोगले गर्दा विद्यालय पुननिर्माणको कार्यले गति लिन थालेको बताउनु भयो । साथै उहाँले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न सबै सरोकारवालाहरुसँग आग्रह समेत गर्नु भएको थियो ।

विद्यालयलाई प्रदान गरिएको उक्त सहयोग रकम हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका विद्यालयका भुतपूर्व विद्यार्थी सूर्य प्रसाद शर्माले जुटाउनु भएको परिवारले जनाएको छ । विद्यालयमा हाल भूतपूर्व विद्यार्थीको सहयोगमा एउटा पाँचकोठे कच्ची भवन र अर्को दुई कोठे पक्की भवन निर्माण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै