2026-09-18 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन आर्दशलाई एक लाख ५८ हजार आर्थिक सहयोग

भदौ २८, पर्वत / विदेशमा रहेका बाजुंग २ बाउसेका नेपालीले आफ््नो विद्यालयमा आर्थिक सहयोग गरेका छन् । बाजुङ २ बाउसेमा रहेको जन आदर्श निम्न माध्यमिक विद्यालयलाई कतार र भारतको मन्द्रासमा रहेका नेपालीले एक लाख ५८ हजार पाँच सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेका हु्न । रोजगारको शिलशिलामा कतार पुगेका बाजुङ २ का डण्डपानी शर्माले कतारमा रहेका नेपालीहरुसँग विद्यालयलाई सहयोग गर्नको अपिल गरेपछि ९५ हजार १५ रुपैयाँ संकलन भएको थियो । संकलन भएको रकम उनले आफ्ना अभिभावक मार्फत विद्यालयमा पठाएका थिए ।

कतारमा रहेका नेपालीलाई उनले विद्यालयमा सहयोग गर्नको लागि अनुरोध गरेपछि उक्त रकम संकलन भएको स्रोतले बतायो । यता सिए पढ्नको लागि भारतको मन्द्रासमा पुगेका सन्तोष शर्माले पनि विद्यालयलाई आर्थिक सहयोग गर्नको लागि आफ्ना सहपाठीलाई आग्रह गरेपछि ६३ हजार ५ सय विस रुपैयाँ संकलन भएको बताइएको छ । संकलन भएको रकम उनले पनि आफ्ना अभिभावक मार्फत विद्यालयमा पठाएको विद्यालयले जनाएको छ । दुवैका अभिभावकले संकलित रकम विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।

जम्मा भएको रकम मध्येबाट महाविनासकारी भुकम्पबाट क्षति भएको भौतिक संरचना मर्मत, शैक्षिक सामाग्री खरिद, फर्निचर खरिद तथा मर्मत र निजि स्रोतका शिक्षकलाई तलबभत्ता को लागि खर्च गर्ने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले बताए । गत शुक्रबार संकलित भएको रकम विद्यालयलाई हस्तान्तरण भएको थियो । सो अबसरमा विद्यालयले सम्मान कार्यक्रमको आयोजना गरि सम्मान पत्र र दोसल्लाले संकलनकर्ताका अभिभावकलाई सम्मान गरेको बताएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर शर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नि.अध्यक्ष रेशमलाल शर्मा, विव्यस सदस्य इन्द्रप्रसाद उपाध्यायले आर्थिक अबस्था कमजोर भएको अबस्थामा विद्यालयलाई सहयोग गरि डण्डपानी शर्मा र सन्तोष शर्माले ठूलो उपकार गरेको भन्दै धन्यबाद थिएका थिए भने यस्र्तै आर्थिक सहयोग अन्यन्त्रबाट पनि प्राप्त गर्न सकिएमा विद्यालयको आर्थिक, भौतिक र शैक्षिक रुपमा विकास हुने बताएका थिए । स्वागत मन्त्व्य शिक्षिका कल्पना शर्माले गरेकी थिइन भने कार्यक्रमको संचालन प्रअ कृष्णप्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया