१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन आर्दशलाई एक लाख ५८ हजार आर्थिक सहयोग

२८ भाद्र २०७२, सोमबार १०:४४

भदौ २८, पर्वत / विदेशमा रहेका बाजुंग २ बाउसेका नेपालीले आफ््नो विद्यालयमा आर्थिक सहयोग गरेका छन् । बाजुङ २ बाउसेमा रहेको जन आदर्श निम्न माध्यमिक विद्यालयलाई कतार र भारतको मन्द्रासमा रहेका नेपालीले एक लाख ५८ हजार पाँच सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेका हु्न । रोजगारको शिलशिलामा कतार पुगेका बाजुङ २ का डण्डपानी शर्माले कतारमा रहेका नेपालीहरुसँग विद्यालयलाई सहयोग गर्नको अपिल गरेपछि ९५ हजार १५ रुपैयाँ संकलन भएको थियो । संकलन भएको रकम उनले आफ्ना अभिभावक मार्फत विद्यालयमा पठाएका थिए ।

कतारमा रहेका नेपालीलाई उनले विद्यालयमा सहयोग गर्नको लागि अनुरोध गरेपछि उक्त रकम संकलन भएको स्रोतले बतायो । यता सिए पढ्नको लागि भारतको मन्द्रासमा पुगेका सन्तोष शर्माले पनि विद्यालयलाई आर्थिक सहयोग गर्नको लागि आफ्ना सहपाठीलाई आग्रह गरेपछि ६३ हजार ५ सय विस रुपैयाँ संकलन भएको बताइएको छ । संकलन भएको रकम उनले पनि आफ्ना अभिभावक मार्फत विद्यालयमा पठाएको विद्यालयले जनाएको छ । दुवैका अभिभावकले संकलित रकम विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।

जम्मा भएको रकम मध्येबाट महाविनासकारी भुकम्पबाट क्षति भएको भौतिक संरचना मर्मत, शैक्षिक सामाग्री खरिद, फर्निचर खरिद तथा मर्मत र निजि स्रोतका शिक्षकलाई तलबभत्ता को लागि खर्च गर्ने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले बताए । गत शुक्रबार संकलित भएको रकम विद्यालयलाई हस्तान्तरण भएको थियो । सो अबसरमा विद्यालयले सम्मान कार्यक्रमको आयोजना गरि सम्मान पत्र र दोसल्लाले संकलनकर्ताका अभिभावकलाई सम्मान गरेको बताएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर शर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नि.अध्यक्ष रेशमलाल शर्मा, विव्यस सदस्य इन्द्रप्रसाद उपाध्यायले आर्थिक अबस्था कमजोर भएको अबस्थामा विद्यालयलाई सहयोग गरि डण्डपानी शर्मा र सन्तोष शर्माले ठूलो उपकार गरेको भन्दै धन्यबाद थिएका थिए भने यस्र्तै आर्थिक सहयोग अन्यन्त्रबाट पनि प्राप्त गर्न सकिएमा विद्यालयको आर्थिक, भौतिक र शैक्षिक रुपमा विकास हुने बताएका थिए । स्वागत मन्त्व्य शिक्षिका कल्पना शर्माले गरेकी थिइन भने कार्यक्रमको संचालन प्रअ कृष्णप्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने