१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अबैध जडिबुटी सहित दूई जना पक्राउ

२८ भाद्र २०७२, सोमबार १०:५०

भदौ २८, पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध जडीबुटी सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार कुश्मा नगरपालिका बडा न.१० शिवालय चोकबाट जुम्ला नारङकोट गाबिस ८ घर भएका बर्ष २७ का जाड बहादुर बुढा र बर्ष ३९ का धन बहादुर बुढालाई संकास्पद रुपमा हिडेको अवस्थामा चेकजाच गर्ने क्रममा निजहरुको साथहरुबाट निम्न अबैध जडिबुटि फेला परेको बताइएको छ ।

प्रहरीले जाडबहादुर बुढाको साथबाट शिलाजित १५ डिव्वा र खुल्ला २ किलो २०० ग्राम, हर्रावर्रा ३१ प्याकेट, यार्सागूम्बा २३२ पिस, जेठी मन्धु १३ प्याकेट, मुतकेश २ पिस, निरमसि ५ पिस बरामत गरेको बताएको छ भने अर्का धनबहादुर बुढाको साथबाट शिलाजित १५ डिव्वा र खुल्ला २ किलो १०० ग्राम, हर्रावर्रा १ केजी ६०० ग्राम, यार्सागूम्बा २४१ पिस ,जेठी मन्धु ३५ प्याकेट , रुद्राक्ष गेडा २५ पिस, निरमसि ५ पिस, भटिपाल ५ पिस कालो ढुंगा सहित पक्राउ गरेको बताएको छ ।

दुवैजनालाई थप अनुसन्धानको लागि जिल्ला बन कार्यालयमा पठाइएको बताएको छ । पछिल्लो समयमा जिल्लामा अबैध धन्दा चलाउनेहरुको बढेको प्रहरीको तथ्याङकले देखाउाछ । केहि समय अगाडीमात्र जिल्ला प्रहरी कार्यालयले अबैध रुपमा ढुंगा, बालुवा, मार्बल ढुंगा, काठ तस्कर गर्नेलाई रङगेहात पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’