१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भैरव देवताका पुजारीको तलब बोकाको टाउको

६ आश्विन २०७२, बुधबार १२:०५

parbat news

असोज ६, पर्बत । तपाई कुनै सरकारी निकायमा काम गर्नुस् या नीजि संस्थाको कार्यालयमा पद र क्षमता अनुसार निश्चित रकम तलव तोकिएको हुन्छ । तलव विना कसैले काम गर्दैन ।

तलव भनेपछि निश्चित रुपैया उल्लेख गरिन्छ । यहाँको एक चर्चित देवताको मन्दिरमा पुजा गर्न राखिएका पुजारीको तलव भने बोकाको टाउको तोकिएको छ । भक्तजनले बलि चढाएको बोकाको धेरै टाउका मध्ये एउटा टाउको नै पुजारीको तलव हो । बाग्लुङको अमलाचौरस्थित भैरवस्थान देवताका पुजारी टेकबहादुर शाहीले पुजा गरे वापत मासिक कुनै तलव भुक्तानी पाउने गरेका छैनन् ।

उनले तलव पाउँछन् भने बोकाको एउटा टाउको । तलव वापतको बोकाको एउटा टाउको मन्दिर व्यवस्थापनको ठेक्का लिने ठेकेदारले दिने गर्दछ । यो आर्थिक वर्ष पुजा व्यवस्थापनको ठेक्का ५ लाख बराबरमा दिईएको बताईएको छ । पुजारी शाही विगत पाँच वर्षदेखि भैरव देवताको पुजा गर्दै आएका छन् । भैरव देवतालाई प्रत्येक महिनाको मंगलवार र शनिवार भक्तजनहरुले बोकाको बलि चढाउने गर्दछन् ।

प्रत्येक मंगलवार र शनिवार चढ्ने बलिको संख्या यकिन नहुने पुजारी शाही बताउँछन् । शनिवार भन्दा मंगलवार बोकाको बलि धेरै चढ्ने पुजारीको भनाई छ । सामान्य महिनाहरुमा मंगलवार न्यूनतम दश वटा र शनिवार पाँच वटा सम्म बलि चढ्ने गर्दछ । आफ्नो मनोकामना पुरा गर्न भक्तजनले बलि चढाउने गरेको पाइन्छ । पुजारीका अनुसार मंसीर र वैशाखमा बलि चढ्ने संख्या मंगलवार एक दिन मात्र बढीमा ४० देखि ५० वटा सम्म हुन्छ ।

धेरै टाउको चढेको दिन पनि पुजारीले पाउने भनेको एउटै टाउको हो । ठेकेदारले मन्दिरमा चढाउने टाउकालाई न्यूनतम ५०० रुपैया देखि २५०० रुपैया सम्ममा विक्री गर्दछ । मूल्य बोकाको टाउकोको आकार अनुसार तय हुने पुजारीको भनाई छ । मन्दिरमा भक्तजनले चढाएको दान रकम सवै ठेकेदारलाई बुझाउने पुजारीले बताए । भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र थापाले पुजारीको तलव बोकाको एउटा टाउको भएको स्वीकार गर्छन् ।

उनी भन्छन्–‘यो परम्परादेखि चल्दै आएको नियम हो ।’ पुजारी शाही भने बोकाको एउटा टाउकोबाट मात्र आफ्नो दैनिक गुजारा धान्न मुश्किल भएको बताउँछन् । नवदुर्गा र चैत्राष्टमीमा नौ दिन नै विशेष भैरवको विशेष पुजा गरिन्छ ।

एकै दिन ४०० देखि ५०० जना सम्म टाढा टाढाबाट भक्तजनहरु आउने पुजारीको भनाई छ । भैरवलाई काल भैरवको रुपमा पुजा गर्दै भक्तजनहरुले भाकल गर्ने गर्दछन् । भक्तजनले धनप्राप्ति, सुखशान्ति, मुद्धामामिला मिलोस्, सन्तान प्राप्ति होस् भनी भाकल र पुजा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट