2026-08-29 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबेँसी–आरुघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

माघ ५, धादिङ | निर्माण सम्झौताको समय सकिएपछि ठेकेदार कम्पनीले सडक चौडा बनाउन दैनिक चार घण्टा सडक अवरुद्ध गर्ने सूचना प्रकाशित गरेको छ । धादिङबेँसी–आरुघाट सडकखण्डको गोलाभञ्ज्याङदेखि टारीबँेसीसम्मको सडक आजबाट दैनिक चार घण्टा बन्द गरिएको हो । 

धादिङबेँसी आरुघाट सडकखण्डअन्तर्गत नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङदेखि टारीबेँसीसम्म सडक चौडा गर्नका लागि दैनिक चार घण्टा बन्द गरिएको धादिङबेँसी–आरुघाट–गोरखा सडक आयोजना एवं लामा कन्सट्रक्सनले सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ । 

आजदेखि शुरु भएको सडक चौडा गर्ने काम माघ २८ गतेसम्म चल्नेछ । तबसम्म हरेक दिन मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्ड बन्द रहने छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७३ पुस १४ मा सडक निर्माण सम्झौता भएको थियो । निर्माणाधीन यस सडकखण्डमा ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका कारण सडक अस्तव्यस्त बनेको छ । 

आगामी असार मसान्तसम्ममा काम सम्पन्न गर्ने कार्य पुनः शुरु गरिएको छ । सर्वसाधारणको सुविधाका लागि निर्माण भइरहेको सडक समयमै निर्माण हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदै आइरहेको छ । कूल रु ७० करोड ११ लाख ७३ हजारमा काम सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्सनले कालोपत्र गर्ने जिम्मेवारी लिएको थियो । 

सडकको निर्माण सम्पन्न भए जिल्लाको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामान लैजान र त्यस क्षेत्रको कृषिउपज बिक्रीका लागि सदरमुकामसम्म ल्याउनसमेत सजिलो हुनेछ । यस सडकमा हालका दिनमा दैनिक पाँच सयको हाराहारीमा सवारीसाधन सञ्चालन हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो