2026-07-11 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संविधान जारी भएको खुसियालीमा सभासद लम्सालको चियापान

महेन्द्र केसी, असोज ८, पर्वत । ६५ बर्षको लामो अथक प्रयासपछि संविधानसभाबाट जनप्रतिनिधिबाट संविधान निर्माण गर्ने सपना पुरा भएको भन्दै नेकपा एमाले पर्वत क्षेत्र नं २ का सभासद विकास लम्सालले चियानपानको कार्यक्रम गरी आफ्ना कार्यकर्ता तथा जिल्लाबासीसँग खुसीयाली साटसाट गरेका छन् ।

bikas-lamsal

कार्यक्रममा बोल्दै सभासद लम्सालले नेपाली जनताको ६५ बर्षको सपनामा ६२र६३ सालको जनआन्दोलनबाट प्राप्त भएको लोकतन्त्र संस्थागत भएको बताए ।

६२र६३ को १९ दिने जनआन्दोलमा सहिद, घाईते , अपाङ्ग भएका वीर सपुतको योगदान, बलिदान तथा तपस्या समेत पुरा भएको भन्दै सभासद लम्सालले अब आर्थिक क्रान्ति हुने र देश विकासको कार्यले तिब्रता पाउने बताए ।

तीन दलको निर्वाचनको क्रममा घोषणामा उल्लेख गरेका कुरा सवै पुरा भएको र अब देशले विकासकोमम बाटो रोजेको कार्यक्रममा बोल्ने अधिकांशले बताए ।

देशमा संविधान निर्माण प्रक्रिया भयो, संविधान जारी भएसँगै देशमा भएको अस्थीर राजनीतिको पनि अन्त्य भयो, अब देशले आर्थिक क्रान्ति गर्दै विकास तर्फ उन्मुख हुनेछ कार्यक्रममा बोल्ने बक्ताहरुले भने ।

जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नवराज गुरुङ, एनेकपा माओवादी पार्टीका जिल्ला सचिव ढाकाराम गौतम, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, प्रहरी नायव उपरिक्षक गंगा पन्त लगाएतका साना तथा ठूला राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्था, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो