१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानिय विकास अधिकारी रिजाल र सह-प्रजिअ लामिछानेलाई पर्बतमा स्वागत

८ आश्विन २०७२, शुक्रबार १९:२१

असोज ८, पर्वत । राष्ट्रिय उपभोक्ता मञ्च पर्वत र महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजालको संयुक्त आयोजना जिल्लामा भर्खरमात्रै पर्वत जिल्लामा सरुवा भै आएका स्थानिय विकास अधिकार शिवप्रसाद रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेलाई स्वागत गरेको छ । शुक्रवार मंचका पदाधिकारीसँग परिचयात्मक कार्यक्रम तथा स्वागत कार्यक्रमको आयोजना गरी मंचले भर्खरमात्रै जिल्लामा सरुवाभै आएका एलडीओ र सप्रजिअको स्वागत गरेको हो । कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकार रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले नागरिक, राजनीतिक दल तथा स्थानिय संघसस्थासँग समन्वय गरी सेवा प्रदान गर्ने बताएका छन् । स्थानिय स्वायत्त शासन, विधि अनुसान र नियमअनुसार आफुले कार्य गर्ने स्थानिय विकास अधिकारी रिजाले बताए ।

त्यसैगरी सप्रजिअ अधिकारीले सवै कार्य हिसाब जस्तै दुइमा दुइ जोड्दा चार भएजस्तो नुहने तर सवैकुरा सहकार्यमा हुने भन्दै नागरिकलाई सहज र सुलभ तरिकाले सेवा प्रवाह गर्नमा आफुले निरन्तर लागि रहेन बताएका छन् । रिजाल र अधिकारीले आफ्नो गृह जिल्ला भएका कारण पनि जिल्लाको विकासका लागि आफुहरु लागि पर्नेमा विश्वस्त हुन आग्रह गरे । रिजाल र अधिकारीले यो हाम्रो जन्मभूमि मात्र नभइ अहिले कार्य थलो भएका कारण आफूहरु जिल्लाको समग्र विकासको लागि हदैको प्रयास गर्ने बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मंच पर्वतकी अध्यक्ष सरिता भण्डारी सरुको अध्यक्षताको सम्पन्न भएको कार्यक्रममा स्वाग मन्तव्य शिवालय खानेपानी उपभोक्ता समितिका अध्यक्ष तारानाथ शर्माले गरेका थिए भने गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, मंचका सल्लाहकार खडानन्द आचार्य, सिता केसि, कर्मचारी युनियनका अध्यक्ष ध्रुबप्रसाद सुवेदी लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन राष्ट्रिय उपभोक्ता मंचका सचिव भरत कुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ’ मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण