2026-09-18 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राज्य, नागरीक समाज र नीजी क्षेत्रको शहकार्यमा मात्र राज्यको सम्वृद्धि संभव हुने

असोज १३, पर्वत । नेष्डो सुचना विभाग÷राज्य, नागरीक समाज र नीजी क्षेत्र विचको अर्थपुर्ण सहकार्यमा मात्र राष्ट्रको सम्वृद्धि संभव रहेको एक कार्यक्रमका वक्ताले जोड दिनु भएको छ ।

nepal

पर्वत जिल्लामा जन्मनु भई निजामती सेवामा आवद्ध भई हाल पर्वत जिल्लामा सरुवा भई आउनु भएका तीन कार्यालय प्रमुखहरुको स्वागतमा लोकतान्त्रिक गैसस महासंघ, फडेन पर्वतले जिल्ला सदरमुकाम कुश्मावजारमा मंगलवार आयोजना गरेको संस्थागत स्वागत, सम्मान एवम् परिचयात्मक कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताउनु भएको हो ।

यसरी पर्वत आउनु हुनेमा स्थानीय विकास मन्त्रालयवाट हालै मात्र स्थानीय विकास अधिकारीको जिम्मेवारी लिई आउनु भएका शिव प्रसाद रिजाल, जिल्ला शिक्षा कार्यालय, वाजुरावाट सरुवा भई आउनु भएका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल र जिल्ला प्रशासन कार्यालय ललितपुरवाट सरुवा भई आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने हुनुहुन्छ । तीनै जना पर्वत जिल्ला निवासी हुनुहुन्छ ।

कार्यक्रममा वोल्दै स्थानीय विकास अधिकारी रिजालले राष्ट्रको सम्वृद्धी राज्य, नागरीक समाज र नीजी क्षेत्रको अर्थपुर्ण समन्वय र शहकार्य विना संभव नभएको वताउनु भयो । राष्ट्र सेवक कर्मचारी दलिय प्रभाववाट माथि उठी विधि र विधानको परिधिभित्र रही कार्य सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । राज्यको पँहुच वाहिरा रहेका वन्चित समुदायमा सेवा पु¥याउन गैर सरकारी संस्थाहरुले पु¥याएको योगदानको उहाँले सह्राना गर्नु भयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले शिक्षा क्षेत्रमा नीजी विद्यालय र सार्वजनिक विद्यालय विच गहिरो खाडल रहेको वताउदै शिक्षक, अभिभावक र विद्यार्थी विचको क्रियाशिलता विना शैक्षिक गृुणस्तर कायम हुन नसक्ने वताउनु भयो । शैक्षिक क्षेत्रका कमीकमजोरीहरु थाहा हुँदाहँुदै पनि आफ्नो प्रयासले मात्र अपेक्षित सुधार गर्न नसक्ने भन्दै राज्यले नै यसका लागि कठोर नीतिगत पहल गर्नुपर्ने वताउनु भयो । त्यसै गरी सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले जिल्लाको प्रशासनिक स्वच्छता, आफ्नो मुख्य लक्ष्य भएको वताउदै पर्वतवासीलाई शान्ति सुरक्षा र जनप्रशासनको महशुस गराउनको लागि आँफू प्रयासरत रहने र यसका लागि सवै क्षेत्रको सहयोग र शहकार्यको आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रममा लोकतान्त्रिक गैसस महासंघ, फेडेन नेपालका केन्द्रिय सचिव विश्व प्रकाश प्रसाईले मानवअधिकार, विधिको शासन, लोकतान्त्रिक अभ्यास, संस्थागत शुसासन र पारदर्शितालाई महासंघले प्रवद्र्धन गर्दै आएको वताउनु भयो । गैससले जनताको रणनीतिक आवश्यकता पुरा गर्न पैरवी र व्यवहारिक आवश्यकता पुरा गर्न परियोजना सञ्चालन गर्दै आएको वताउनु भयो ।

कार्यक्रममा जिल्ला शाखाका सल्लाहकार वसन्त वहादुर सि.के., नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा पर्वतका सभापति रुद्र मोहन रिमाल, नेपाल लेखक संघका केन्द्रिय सदस्य सरस्वती शर्मा जिज्ञासु लगायतले सामाजिक रुपान्तरणमा गैससको भुमिकाको वारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रम महासंघ, जिल्ला शाखा पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष भवानी प्रसाद शर्माको स्वागत तथा शाखाका सचिव एवम् रेडियो सम्वृद्धका पर्वत सहकर्मी उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई