2026-09-14 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा चोरीमा संलग्न पाँच जनाको समूह पक्राउ

 माघ ७, पोखरा | जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न पाँच जनाको समूहलाई पक्राउ गरेको छ । 

पोखरा महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा गरिएको चेकिङ, स्विप अपरेशन, व्यक्तिहरुको निगरानी तथा सूचना सङ्कलनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

चितवन राप्ती नगरपालिका–११ घर भई पोखरा १० घलेचोक बस्ने १९ वर्षीय सुनील श्रेष्ठ, बाग्लुङ जैमिने नगरपालिका–९ का २७ वर्षीय खुमप्रसाद थापा, पोखरा पुथ्वीचोक बस्ने २३ वर्षीय गगन खवाससहित पाँच जनाको समूहलाई चोरीका सामानसहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

उनीहरुको कोठा खानतलासीका क्रममा नेरु २० हजार ६१०, कतारियन दिनार १५० र भारतीय मुद्रा ३० बरामद भएको छ । यसका साथै विभिन्न कम्पनीका मोबाइल, घडी, क्यामेरा, ठूलो परिणाममा विभिन्न प्रकारका गरगहनासहित चोरीमा प्रयोग गरेका घरेलु हतियार बरामद गरिएको छ । उक्त चोरी गर्ने गिरोहलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकोछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ