८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कृषिमा यान्त्रिकरण हुदै

१७ आश्विन २०७२, आईतवार ११:२८

असोज १७, पर्वत / विज्ञान प्रविधिको विकाससँगै विश्व प्रविधिमय बनिसकेको छ । विज्ञान प्रविधिलाई आत्मासाथ गरेर अगाडी बढ्ने मुलुकले आर्थिक क्रान्तिको बाटो रोजिसेका छन् । विज्ञानप्रविधिले कृषि क्षेत्रलाई पनि विज्ञानमय बनाइ सकेको छ । पहिले हलोले जोतेर खेतीपाती गर्ने परम्पार अहिले प्रविधिको विकाससँगै विस्तारै घट्दो क्रममा छ । पछिल्लो समयमा कृषिक्षेत्रमा पनि भित्रिएको प्रविधिका कारण कृषिक्षेत्रमा पनि क्रान्तिमय बनाए सकेको छ ।

विकसीत देशले कृषिक्षेत्रमा पनि प्रविधिको प्रयोग गरी सहज तरिकाले उत्पादन गर्न सफल भएका छन् भने उत्पादन पनि पहिलेको भन्दा दोब्बर हुन थालेको देखिन्छ । कृषिक्षेत्रमा भित्रिएको नयाँ प्रविधिको विकासको प्रयोग गर्नाले सहजमात्रमा नभई उत्पादनका हिसाबले पनि सबल हुने देखिन्छ । त्यसैले पछिल्लो समयमा कृषि क्षेत्रमा खनजोत गर्नको लागि हाते ट्याक्टर तथा अन्य प्रविधिको विकास गर्न थालिएको पाइन्छ । पर्वत जिल्लामा पनि कृषि क्षेत्र विस्तारै यान्त्रिकरण हुदै गएको देख्न सकिन्छ ।

पराम्परा शैलिको खेतिकिसानी भन्दा पछिल्लो समयमा जिल्लाका विभिन्न भागमा आधुनिक प्रविधिका सामाग्रीको प्रयोग गर्न थालिएको छ । जिल्लामा कृषि बिकासको लागि यान्त्रिकरण अभियानको थालनी गरिएको छ । विटीएल प्राइभेट लिमिडेट धोबिघाट ललितपुर र भारती इन्टर प्राइजेज बिरौटा पोखराको सहयोगमा र कृषि बिकास कार्यालय पर्वत र मोति सामुदायिक पुस्तकालय फलेवासको समन्वयमा जिल्लामा यान्त्रीकरण गर्न थालिएको छ । जिल्लामा रहेका विभिन्न गाविसका अगुवा कृषकलाई कृषिमा यान्त्रीकरण गर्नको लागि पछिल्लो समयमा तालिम दिन थालिएको छ ।

फलेवासमा खानिगाउ, देविस्थान, मुडिकुवा र शंकरपोखरी गाबिसका ३४ जना अगुवा कृषकहरुको कृषिमा यान्त्रीकरण गर्नको लागि तालिम दिइएको छ । तालिममा कृषकलाई हाते ट्याक्टरको चिनारी, यसको उपयोग, बिशेशता, यसको प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिका, यसका प्रमुख भागहरु तथा जगेडा यन्त्रहरु, पुर्व सावधानी तथा संचालन गर्दा ध्यान दिनुपर्ने कुरा, हाते ट्याक्टर जडान, चलाउने विधि तथा जोताइ, समस्या तथा सामान्य मर्मत सम्भारको बारेमा बरिस्ठ कृषि विशेषज्ञ निलकण्ठ शर्मा लम्सालले सहजीकरण गरेको बताइएको छ ।

कार्यक्रममा सो तालिममा गोरुको प्रयोग र हाते ट्याक्टरको प्रयोग गर्दा हुने खर्चको हिसाब किताब र नाफा नोक्सान बारे पनि जानकारी गराइएको बताएको छ । किसानको लागि उपयुुक्त ट्याक्टरको तौल ७४९ ८५ के जी, क्षमता ६.५९ ९ हर्स पावर, र मूल्य रु ७० हजार देखि ९० हजार सम्मकोले एक घण्टामा एक लिटर इन्धनबाट एक रोपनी जमिन जोत्न सकिने ट्याक्टर बजारमा आएको कार्यक्रममा बताइएको थियो । परम्परागत खेतिकिसानी गर्दा बढी खर्चिलो र महङ्गो बन्दै गएको र कृषिमा यान्त्रीकरण गर्न सकेमा सहजर खर्च कम हुने कृषि विशेषज्ञ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता