२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफलता चुम्दै रेग्मी

२०७२, २० आश्विन बुधबार १०:४७

असोज २०, पर्वत ।
पानी केले परेको बादलुले हो,
लेकाली साइलो म बेसीतिर झरेको रोदीमा घन्केको मादलु हो
निकै चर्चित यो लोकभाकामा शब्द रचना तथा आवाज दिएर चर्चा कमाएका कुश्मा नगरपालिका ३ का प्रकाश रेग्मी यतिबेला लोकसंगितको क्षेत्रमा सफलतालाई चुम्दै अगाडी बढिरहेका छन् । लोकभाकामा शब्द संकलन गरिसेकका रेग्मी पछिल्लो चरणमा लोक संगितलाईनै आफ्नो कर्मथलो बनाउने प्रयासमा लागि रहेका छन् ।

regmi

उसो त धेरैलाई लोक संगितको क्षेत्रमा लाग्नको लागि सवै चिजले साथ दिदैन, कसैलाई स्वर तथा कसैलाई शब्द संकलन, संगितका विषयमा ज्ञानपनि हुदैन तर पनि संगित क्षेत्रमा पस्न चाहान्छ र पस्छन् पनि तर धेरै समय लोक संगित क्षेत्रमा टिक्न सक्दैनन् अन्ततः उनीहरु लोक संगितको क्षेत्रबाट हात धोएर बसेका पछिल्लो लोक संगितको बजारमा प्रकाश रेग्मी यस्तो एउटा हस्तीको रुपमा उभिएका छन् जसलाई शब्द संकलन, संगित तथा स्वरले पनि साथले पनि साथ दिएको छ ।

आरआर अडियो म्यूजिक कम्पनीबाट “पानी केले परेको बादलुले हो” नामक एल्बम निकालेर सफलताको शिखरमा पुगेका रेग्मी दशै लगत्तै पञ्चेबाजको भाकामा अर्को एल्बम निकालेर फेरि चर्चामा आउने प्रयासमा जुटिरहेका छन् । धौलागिरीको सेरोफेरोमा रहेर “ सोधी हाल्यौ ठेगना मेरो घरको ” नामक एल्बम निकाल्ने तयारीमा रहेको उनले बताए ।
“छैन मेरो आरसीसी घर सानु
भूकम्पको कत्तीनी डर सानु्
सोधी हाल्यौ ठेगना मेरो घरको
पहाडको पर्वतमा सानो मेरो घर , पाली टिनैको छानो खरको ” उनले स्वर दिदै भने दशै लगत्तै मेरो र याम क्षेत्री र देवी घत्र्तीको स्वरमा बजारमा आउन लागेको छ, मलाई आश छ जसरी “पानी केले परेको बादलुले हो” स्रोताले माया गरे त्यसरीनै यस गीतलाई पनि माया गमर्ने छन् । लोक संगितको क्षेत्रमा आफुलाई सानैदेखि सांगेथितक क्षेत्रमा लाग्न मन लागेको र विद्यालयमा पढ्ने बेलामा पनि गित गाउने गरेको र विजेता पनि हुने गरेको बताउँदै स्रोताको साथ र माया पाए आफुले सांगितिक क्षेत्रलाई कर्म थलो बनाउ चाहेको रेग्मीले बताए ।

पञ्चेबाजा भाका शैलीमा दशै लगत्तै आउन लागेको आफ्ना एल्बममा धौलागिरीका पर्यटकी तथा धार्मिक स्थलको बारेमा जानकारी दिन खोजिएको र यसमा मु्ख्य गरी अञ्चको पर्यटकीय क्षेत्रलाई उजागर गर्नको लागि आफुले संगितमा मार्फत सन्देश दिन खोजेको उनले बताए । पर्वत जिल्लामा रहेका गुप्तेश्वर, अल्पेश्वर, नेपालकै अग्ला दुइ झोलुङ्गे पुल, बाग्लु्ङको भैरव थान लगाएतका ओझेलमा परेका पर्यटकीय क्षेत्रको सांगेतिक क्षेत्रबाट विश्वमा चिनाउन खोजेको उनको तर्क छ । “सोधी हाल्यौ ठेगना मेरो घरको” गित बजारमा आउन साथ मंसिर महिना भित्र तीन वटा एल्बम समेत निकाल्ने तयारीमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ