१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संजीवनी बचत तथा ऋण सहकारीको सातौ साधारण सभा सम्पन्न

२६ आश्विन २०७२, मंगलवार १३:२६

भूमीराज शर्मा, असोज २६, पर्वत/ जिल्लाको देउपुर गाविस वडा नं ९ पातिचौरमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाा लिमिटेडको सातौ साधारण सभा मंगलबार सम्पन्न भएको छ । सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछानेले सहकारीहरुले निम्न वर्गका मानिसहरुको आयआर्जनमा महत्वपूर्ण भूमिका खेलिरहेको विचार व्यक्त गर्नुभएको छ । उहाँले सहकारीहरुले आफ्नो समाजप्रतिको उत्तरदायित्वलाई सदैब स्मरण गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयोे ।

sahakari

देशभित्रै रहेका उपलब्ध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै नागरिकहरुलाई स्वाबलम्बी बनाउने दिशामा सहकारीका कार्यक्रमहरु लक्षित हुनु पर्ने उहाँको भनाइ थियो । अध्यक्ष लामिछानेले संजीवनी सहकारीले आर्थिक क्षेत्रको साथै सामाजिक क्षेत्रको विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नु भएको थियो । उक्त साधारण सभामा सहकारीले देउपुर गाविसका जेष्ठ बृद्ध बृद्धाहरुलाई दोसल्ला, नगद र सम्मानपत्रले सम्मान गरेको थियो भने एकल महिलाका बालबालिकाहरुलाई स्टेशनरी सामानहरु प्रदान गरेको थियो ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष सागर जिसीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । उक्त प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । कार्यक्रममा संस्थाका कर्मचारी शान्ति कुमारी शर्मा, गत आबमा उत्कृष्ट निक्षेपकर्ताहरु , र असल ऋणिहरुलाई सम्मान गरिएको थियो ।

सोे अवसरमा संस्थाका पूर्व अध्यक्ष प्रेम पौडेल, पातिचौर र डिमुवा क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीका अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई स्वागत टिकाराम पौडेलले र संचालन संस्थाका सचिव बाबुराम तिमिल्सिनाले गर्नु भएको थियो । सहकारीको कुल शेयर पुँजी रु. ४५,११,७४२ रहेको छ भने जम्मा लगानी ७६,५१,२९५ र खर्च ११, १८, ९८९ रहेको संस्थाले जनाएको छ । सहकारीमा हालसम्म १४३ जना शेयर सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु