२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ नोट साट्न बैंकमा सेवाग्राहीको भीड

२०७२, २८ आश्विन बिहीबार १२:१०

असोज २८, पर्बत । नेपालीको महान पर्व शुरु भएसँगै जिल्लामा रहेका बैंकमा सेवाग्राहीको भीड लाग्न थालेको छ ।

दशैको लागि नयाँ नोट साट्नको लागि बैकमा सेवाग्राहीको भीड लागेको हो । बिभिन्न स्थानबाट आएका बृद्धबृद्धाहरु बृद्धाभत्ता लिनको लागि घण्टौ लाइनमा बस्नको लागि बाध्य भएका छन् । सरकारले बृद्धाभत्ता बैक मार्फतन् गर्न थालेपछि बृद्धबृद्धाहरुलाई बैकमा धाउनुपर्ने बाध्यता सिर्जना भएको हो ।

यस अघि प्रत्येक गाविसमा गाविस सचिवलेनै वितरण गदै आएका थिए । बैक मार्फत बृद्धाभत्ताको लागि सरकारले नीति ल्याए पछि बृद्धबृद्धाहरु घण्टौ लाइनमा बसी भत्ता लिन बाध्य भएका हुन् ।

त्यसैगरी सरकारी कर्मचारी पनि तलब भत्ताको लागि बैकमा लाइन लागेर घण्टौ र्एउटा चेक साट्नको लागि बस्नुपर्ने बाध्यता भएको छ भने दशैको लागि नयाँ नोट साट्नको लागि पनि सेवाग्राहीको भीड लाग्न थालेको हो । नेपाल सरकारले गत आर्थिक बर्षदेखि प्रत्येक बृद्धबृद्धा शिक्षक कर्मचारीहरुको व्यक्तिगत खाता खोल्न लगाई त्यसैमा पैसा जम्मा गरी झिक्ने व्यवस्था गरेको थियो ।

पहिले बृद्धबृद्धाहरुले गाउँ विकास समितिबाटै भत्ता लिने गर्थे । सदरमुकाममा बाणिज्य बैक, कृषि विकास बैंक सरकारी बैंकहरु छन् भने अन्य नीजि क्षेत्रका गरिमा, कैलास, एभरेष्ट, एनडिइपि, ग्लोबल आइएमइ, विश्वविकास, गण्डकी, काष्ठमण्डप बैंक लगायतका एक दर्जन जति बैक तथा विकास बैंकहरु पनि संचालनमा छन् ।

विद्यालयलाई शिक्षकको तलब अनिवार्य नेपाल बैंकमा खाता खोल्न लगाएर जम्मा गरिदिनुपर्ने, अन्य कर्मचारीको पेन्सन, कर्मचारी तलब समेत वितरण गर्ने जिम्मा बैंकले पाएको छ । जिम्मेवारी धेरै भए पनि नेपाल बैंकले सेवा चुस्त बनाउन चासो नदिएको सर्वसाधारणको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते