१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाओवादीले गर्यो शुभकामना आदानप्रदान

२९ आश्विन २०७२, शुक्रबार ०९:४९

असोज २९, पर्वत । हिन्दुहरुको महान् पर्व विजय दशमीको अबसर पारी एनेकपा माओवादी चुवा नगरकमिटीले शुभकामना आदान–प्रदान गरेको छ । एनेकपा माओवाद्यी नगरकमिटिक इन्चार्ज शंकर गिरीको आथित्यतामा संचालन भएको कार्यक्रमा बोल्दै गिरीले देशमा आमुल परिर्वतन भएको बताएका छन् ।

संविधान जारी भएसँगै देशमा लोकतन्त्र संस्थागत भएको र राजतन्त्र पूर्ण रुपमा अन्य भएको बताउँदै उने यसमा एनेकपा माओवादीले प्रतिपक्ष भएरपनि प्रमुख भुमिका निर्वाह गरेका कारण सफलता हासिल भएको बताए । संविधान जारी भएपछि सारा संसारले बधाइ तथा सुभकामना दिइरहेको बेलामा छिमेकी राष्ट्रले देखाएको अमानवीय व्यवहार गलत र संयुक्त राष्ट्रसंघको नियम विपरीत भएको बताए ।

भारतले् नेपालमा आफ्नो प्रभुत्व जमाउन खोजेको र संविधान जारी हुनेबेलामा भाँजो हाल्न खोजेको तर एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रहितको लागि काम गरेका कारण संविधान जारी भएको र आफ्नो इच्छा विपरीत संविधान जारी भयो भनी भारतले नाकाबन्दी लगाएको उनको तर्क थियो । एमाओवादी जनताको पक्षमा भएको कारण मात्र देशमा संविधान बनको र अबको दिनमा पनि एमाओवादले रचानात्मक भूमिका खेल्नमा आफु दृढ र विश्वस्त भएको उनले प्रष्ट पारे । पछिल्लो समयमा पार्टी भित्र असन्तुष्ट देखिएका केन्द्रित सदस्य बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुमा उनले पछिल्लो देशको राजनीति र भारतको नाकाबन्दी र चलखेलका कारण भएको बताए । पार्टीभित्रको पछिल्लो अबस्थाबाट कोहि पनि कार्यकर्ता विचलित हुनुनपर्ने भन्दै उनले दशैको सुभकामना सवैलाई व्यक्त गरे । विजया दशमी कालिका भगवतीले १० दिनमा मैसासुर राक्षकको नष्ट गरी विजय प्राप्त गरे जसरीनै देशमा भएको अस्थीर राजनीको अन्यका लागि एमाओवादीले रचानात्मक भूमिका निर्वाह गरेको र देशमा जनपक्षिय नयाँ संविधान जारी भएको बताए । संविधान निर्माण कार्यमा अबरोध गर्ने आन्तारिक तथा बाह्य तत्वलाई पनि कालिकाले नष्ट गरेझै नष्ट गरी देशले विजय प्राप्त गरेको उनको बताए ।

६० बर्ष लामो जनताको प्रतिक्षा पछि विभिन्न बाधाका बाबजुट पनि राज्यमा संविधान जारी भएको र सवको मुहारमा खुसीलाई छाएको बताउँदै गिरीले अब सवै एक जुट भएर देशलाई आर्थिक क्रान्तिको बाटोमा लैजानको लागि आवश्यक रहेको बताए । शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता कमिटका अध्यक्ष टिकाराम पोख्रेलले गरेका थिए भने संचालन हरिनारायण गिरीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या