2026-10-14 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

हिउँमा कठ्याङ्ग्रिएर भाईको मृत्यु, दाइको अचेत अवस्थामा उद्धार

नन्दराम जैसी । माघ १०, जुम्ला । सिँजा गाउँपालिका –६ जोडुका २७ वर्षिय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । भने हिउँमा कठ्याङ्ग्रिएर अचेत अवस्थामा रहेका उनका दाजु बाँचे बुढाको उद्धार गरीएको छ । मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी हिमपातका कारण लेकको बाटो हिड्दै गरेका दाजुभाई चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाईको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्धार गरिएपनि मृतक भाईको भने बुधवार मध्यान्ह १२ बजे मात्रै लास भेटिएको थियो ।

स्थानिय नरबहादुर बुढाका अनुसार दुबै दाजुभाई जुम्लाको पातारासी गाँउपालिकाको पट्माराबाट राडिपाखी खरीद गरेर डाँफे लेकहुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै थिए । घरजान बाटो लागेका उनिहरु नाकुल्ली भन्ने स्थानमा चलेको तिब्र हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेका हुन् । लास भेटिएको स्थानमा करीव २ फिट बढि हिउँ परेकोले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटना स्थलमै मृतकको दाहसँस्कार गरिएको आफन्तले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयले घटना बास्तिविक भएपनि प्रहरीलाई समयमै जानकारी नहुनु र घटना स्थलमै मृतकको दाहसँस्कार गरीनुको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । भारी हिमपातसँगै चिसोले जुम्लाको जनजिबन कष्टकर बनेको छ । हिँउले स्थानियबासीलाई ठुलो कामका लागि गाँउ बाहिर जान मुस्किल परेको छ । चिसोले बालबालिका, बृद्धबृद्धा तथा गर्भवति महिलाहरु बढि प्रभावित भएका छन् । भने बिरामीको संख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने