२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खाडी मुलुक बाट फर्केर गाउँमै जुटे युवा

२०७२, २९ आश्विन शुक्रबार १२:००

असोज २९, पर्वत । पर्वतको हम्पाल क्षेत्रमा घर भएका दुई युवा दश वर्षभन्दा बढी खाडी मुलुक लाहुरे जीवन विताएर अहिले भने गाउँमै केही गर्न जुटेका छन् । युवाहरु ३४ वर्षे हिरा बहादुर पुन र ३१ वर्षे मेक बहादुर पुन खाडीलाई सम्झन पनि चाहदैनन् । हिराले खाडीमा ११ वर्ष विताएका थिए भने मेकले १० वर्ष विताएका थिए । नाताले उनीहरु सालाभिनाजु हुन् । भिनाजु हिरा र साला मेक दुई जना मिलेर ७ लाखको लगानीमा च्याउखेती व्यवसाय गर्न तम्सिएका हुन् । आफ्नो श्रम र पसीना स्वदेशकै माटोमा बगाउने अठोट लिएका उनीहरुले हम्पाल कृषि फर्म मार्फत् व्यावसायिक च्याउखेती गरेका छन् ।

पर्वतको पातीचौरस्थित बाझाखेतमा संचालन गरेको कृषि फर्मबाट अहिले कन्ये जातिको च्याउ दैनिक दुई क्वीण्टल उत्पादन हुन थालेको छ । प्रति केजी ३०० रुपैयामा विक्री गर्ने सोच युवाहरुको छ । युवाहरुले करीव २ रोपनी क्षेत्रफलमा च्याउखेती उत्पादन थालेका छन् । यतिखेर चारवटा टनेलमा करीव १००० वटा पोकाबाट च्याउ उत्पादन हुन थालेको कृषक हिरा बहादुर पुन बताउँछन् । कृषक मेक बहादुर पुनले भने–‘खाडी जादा जादा वाक्क परेर यही केही गर्ने विचार गरेको हुँ ।’ उनको भनाईमा थप्दै कृषक हिराले भने–‘खाडीमा १० वर्ष विताए पनि खासै प्रगती केही भएन । विदेश बसेर पनि खासै केही हुँदोनरहेछ ।’ विदेशबाट नेपाल फर्केपछि केही समय रुमलिएको बताउने कृषकहरु भन्छन्–‘केही समय त रुमलियौ । के गर्ने होला भन्दै हिडेको बेला पोखराका च्याउ कान्छालाई भेटियो । उनकै सल्लाहमा च्याउखेती गर्ने निर्णयमा पुगियो ।’ उनीहरुले बताए अनुसार च्याउ कान्छा अर्थात् बोर बहादुर घर्ती सफल च्याउ कृषक हुन् । च्याउको खेतीमा विश्वासका साथ लागेका कृषकहरुलाई कृषि विकास कार्यालय पर्वतको समेत आर्थिक र प्राविधि सहयोग रहेको उनीहरुको भनाई छ । कृषि कार्यालयले चारवटा टनेल र ४० हजार रुपैया बराबरको सहयोग गर्ने आश्वासन दिएको कृषकहरुले बताए । कृषि कार्यालयको सहयोगले आफूहरु थप उत्साहित बनेको कृषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो