१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खाडी मुलुक बाट फर्केर गाउँमै जुटे युवा

२९ आश्विन २०७२, शुक्रबार १२:००

असोज २९, पर्वत । पर्वतको हम्पाल क्षेत्रमा घर भएका दुई युवा दश वर्षभन्दा बढी खाडी मुलुक लाहुरे जीवन विताएर अहिले भने गाउँमै केही गर्न जुटेका छन् । युवाहरु ३४ वर्षे हिरा बहादुर पुन र ३१ वर्षे मेक बहादुर पुन खाडीलाई सम्झन पनि चाहदैनन् । हिराले खाडीमा ११ वर्ष विताएका थिए भने मेकले १० वर्ष विताएका थिए । नाताले उनीहरु सालाभिनाजु हुन् । भिनाजु हिरा र साला मेक दुई जना मिलेर ७ लाखको लगानीमा च्याउखेती व्यवसाय गर्न तम्सिएका हुन् । आफ्नो श्रम र पसीना स्वदेशकै माटोमा बगाउने अठोट लिएका उनीहरुले हम्पाल कृषि फर्म मार्फत् व्यावसायिक च्याउखेती गरेका छन् ।

पर्वतको पातीचौरस्थित बाझाखेतमा संचालन गरेको कृषि फर्मबाट अहिले कन्ये जातिको च्याउ दैनिक दुई क्वीण्टल उत्पादन हुन थालेको छ । प्रति केजी ३०० रुपैयामा विक्री गर्ने सोच युवाहरुको छ । युवाहरुले करीव २ रोपनी क्षेत्रफलमा च्याउखेती उत्पादन थालेका छन् । यतिखेर चारवटा टनेलमा करीव १००० वटा पोकाबाट च्याउ उत्पादन हुन थालेको कृषक हिरा बहादुर पुन बताउँछन् । कृषक मेक बहादुर पुनले भने–‘खाडी जादा जादा वाक्क परेर यही केही गर्ने विचार गरेको हुँ ।’ उनको भनाईमा थप्दै कृषक हिराले भने–‘खाडीमा १० वर्ष विताए पनि खासै प्रगती केही भएन । विदेश बसेर पनि खासै केही हुँदोनरहेछ ।’ विदेशबाट नेपाल फर्केपछि केही समय रुमलिएको बताउने कृषकहरु भन्छन्–‘केही समय त रुमलियौ । के गर्ने होला भन्दै हिडेको बेला पोखराका च्याउ कान्छालाई भेटियो । उनकै सल्लाहमा च्याउखेती गर्ने निर्णयमा पुगियो ।’ उनीहरुले बताए अनुसार च्याउ कान्छा अर्थात् बोर बहादुर घर्ती सफल च्याउ कृषक हुन् । च्याउको खेतीमा विश्वासका साथ लागेका कृषकहरुलाई कृषि विकास कार्यालय पर्वतको समेत आर्थिक र प्राविधि सहयोग रहेको उनीहरुको भनाई छ । कृषि कार्यालयले चारवटा टनेल र ४० हजार रुपैया बराबरको सहयोग गर्ने आश्वासन दिएको कृषकहरुले बताए । कृषि कार्यालयको सहयोगले आफूहरु थप उत्साहित बनेको कृषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी