2026-06-17 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वि.पी. चिन्तन प्रतिष्ठानद्धारा शुभकामना आदानप्रदान एव्म चियापान कार्यक्रम आयोजना

असोज ३०, पर्वत । नेष्डो सुचना विभाग/वि.पि.चिन्तन प्रतिष्ठान, जिल्ला शाखा पर्वतले जिल्ला सदरमुकाम कुश्मामा शुक्रवार विजय दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदन प्रदान एवम् चियापान कार्यक्रम आयोजना गरेको छ ।

नेपालीहरुको महान पर्व विजयदशमीको पुर्वसन्ध्यामा भावनात्मक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी संघ, संस्था, कार्यालयका प्रमुख, सञ्चारकर्मी एवम् नागरीक अगुवाहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रमको अवसर पारेर जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी लगायत कार्यालय प्रमुखहरुलाई स्वागत गरिएको थियो । यसरी स्वागत ग्रहण गर्नेहरुमा प्रमुख जिल्ला अधिकारी झकनाथ ढकाल, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्मा लगायत हुनुहुन्थ्यो ।
नव आगन्तुक राष्ट्रसेवक कर्मचारीलाई प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली काँग्रेस, पर्वतका पुर्व सभापति नवराज गुरुङ्ग, नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले फुल, अविर र खादाले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा विजयदशमीको शुभकामना दिंदै नेपाली कांगे्रस पर्वतका सभापती लालकाजी गरुङ्गले भारतले गरेको अघोषित नाकावन्दी र सृजित समस्यालाई सवै राजनीतिक दलहरु एकजुट भई कुटनितिक पहलवाट समधान गर्नुपर्ने वताउनु भयो । कार्यक्रममा वोल्दै नेकपा एमालेका पोलीटब्यूरो सदस्य गणेश तिमिल्सिनाले नेपालमा जारी संविधान अत्यन्त समावेशी र नमुना भएकाले यसको कार्यान्वयनमा सवै राजनीतिक दलहरुको एकता आवश्यक हुने वताउनु भयो ।
उहाँले भन्नू भयो–सरकारले छिटै छिमेकी राष्ट्र भारत र तराईमा आन्दोलनरत मधेसी दलहरु विच वार्ता र छलफलका माध्यमवाट समस्या समाधान गर्ने वताउनु भयो । कार्यक्रममा वोल्दै नव आगन्तुक प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले राष्ट्र सेवक कर्मचारीहरु दलीय प्रभाववाट माथि उठी विधि र विधानको परिधिभित्र रही कार्य सम्पादन गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रम वि.पि. चिन्तन प्रतिष्ठान, पर्वतका अध्यक्ष नवराज गरुङ्गको अध्यक्षता, प्रतिष्ठानका सचिव कृष्ण गौडेलको स्वागत एवम् सदस्य मोहन आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ