२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको शालिग्राममा भलिबल प्रतियोगिता सँगै बृहत साँस्कृतिक महोत्सव हुने

८ कार्तिक २०७२, आईतवार ०२:३९

कात्तिक ८, पर्बत । पर्वतको सुदुर दक्षिणमा पर्ने शालिग्राम गाविस देउरालीमा यहि कार्तिक ११ देखी १८ सम्म गाँउ स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक महोत्सव हुने भएको छ ।

parbar news

पर्वतको शालिग्रममाका युवाहरुले गाँउ भन्दा बाहिर रहेर समाजमा विकास निर्माणको लागी तथा असक्त असाह्यहरुलाइ सहयागे गर्नु पर्छ भन्ने उद्धेस्यका साथ जन उत्थानका लागी सुनौलो अभियान नामक संस्था गठन गरी कार्यक्रमको आयोजना गर्न लागेका हुन ।

जन उत्थानका लागी सुनौलो अभियान द्धारा आयोजीत कार्यक्रममा इच्छुक खेल प्रेमी महानुभावहरुलाइ प्रतीयोगीतामा सहभागीताको लागी पनि आवान गरीएको छ । कार्यक्रम सुरु भएको प्रत्येक दिन संगै १६, १७ र १८ गते राष्ट्रीय तथा स्थानीय कलाकार तथा हाँस्या व्याङ्ग्य कलाकारहरुको बेजोड प्रस्तुती रहने संस्थाका नेतृत्वकर्ता तथा पर्वत शालिग्राम गेष्ठ हाउस काडमाण्डौका पोप्राइटर प्रेम सोनी सुनारले जानकारी दिए ।

त्यसैगरी संस्थाले दुइ लाख बराबरको भलिबल खेलमा विजेता हुने टिमलाइ पुरस्कार प्रदान गरीने पनि जानकारी गराएको छ । भलिबल तर्फ प्रथम हुनेलाइ १ लाख १ हजार एक सय ११ रुपया पर्वत शालिग्राम गेष्ट हाउसका प्रमुख प्रेम सोनी सुनार र शालिगा्रम ३ माझगाँउ निवासी हाल कोरीयामा कार्यरत भुतपुर्व भलिवल खेलाडी सुर्य विश्वकर्माले संयुक्त रुपमा प्रदान गर्ने भएका छन् ।

द्धितिय हुने टिमलाइ ५० हजार पाँच सय ५५ रुपया शालिम्राम गाविस वार्ड २ गैरारा निवासी हाल भारतीय सेनामा कार्यरत सुर्य सुनार र शालिग्र्राम गाविस वार्ड ३ माझगाँउ निवासी विष्णु वल्लव विश्वकर्माको कान्छा छोरा हाल साउदीमा कार्यरत सन्तोष सोनीले सौजन्य गरेका छन् । तयैगरी तृतिय हुने टिमलाइ २५ हजार पाँच सय ५५ रुपया शालिग्राम गाविस वार्ड नम्मर ५ निवासी गंगा बहादुरको कान्छा छोरा हाल काठमाण्डौमा रहदै आउनुभएको तेक्वान्दो खेलाडी, सुनामी फिलिमबाट डेब्यु गरेका नव कलाकार राहुल विकले सौजन्य गरेका छन् ।

सान्त्वना हुने टिमलाइ १५ हजार पाँच सय ५५ रुपया सौजन्य शालिग्राम ३ निवासी हाल साउदीमा कार्यरत सरोज सुनारले गर्नुहुने भएको छ । साथै सबै विजेता टिमलाइ शिल मेडल र प्रमाण पत्र प्रदान गरीने पनि आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा नृत्य प्रतियोगीताको पनि आयोजना गरीएको छ । नृत्यमा प्रथम हुनेलाइ ५ हजार, द्धितिय हुनेलाइ ३ हजार र तृतिय हुनेलाइ १ हजार प्रदान गरीने छ । कार्यक्रम सुरु भएको प्रत्येक दिन संगै १६, १७ र १८ गते राष्ट्रीय तथा स्थानीय कलाकार तथा हाँस्या व्याङ्ग्य कलाकारहरुको बेजोड प्रस्तुती रहने संस्थाका अर्का नेतृत्वकर्ता तथा गल्याङ एफ एमका पत्रकार नारायण विश्वकर्माले जानकारी दिए ।

ख्याति प्राप्त कलाकारहरुमा रामजी खाँड, राधिका हमाल, माधव पराजुली,चेतन गोतामे, याम सुनार, माया खाती, यज्ञ सापकोटा, अमित गहतराज, सुदिप थापा लगायतको विशेष प्रस्तुति रहने छ । उक्त कार्यक्रममा आधुनिक मोडेल पार्वती राइले दर्शकहरुलाइ नाचायर विशिष्ट आनन्दको सञ्चार गराउने संस्थाका अर्का नेतृत्वकर्ता बालकृष्ण विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् – महामन्त्री शर्मा विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि,१ सय २५ छात्रालाई कपडा खोल्न लगाइयो भारतले नेपालका ३ युवा क्रिकेटलाई एक महिने प्रशिक्षण दिँदै