2026-06-17 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा सरसफाई अभियान शुरु

कात्तिक १४, पर्बत ।  कुश्मा नगरपालिकालाई पूर्ण सरसफाई क्षेत्र बनाउनको लागि शनिवार देखि सरसफाई अभियान शुरु भएको छ ।

शनिवार विहान बाट जिल्लाको सरसफाई अभियान शुरु गरिएको हो । जिल्लामा रहेका विभिन्न सरकारी निकाय तथा गरैसरकारी, राजनीतिक दलहरुको सर्वदलीय भेलाले जिल्लाको सदरमुकाम क्षेत्रलाई सरसफाई बनाउने निर्णय गरेसँगै जिल्लाको सरसफाई अभियान शुरु भएको हो ।

जिल्लालाई सरसफाई बनाउने अभियानमा शनिवार विहान प्रमुख जिल्ला अधिकारी झकनाथ ढकाल कुचो लिएर सडक सफा गर्न कुश्मा बजारको मुख्य चोक लोकतन्त्र चोकमा निस्केका थिए । प्रमुख जिल्ला अधिकारी ढकाल कुचो लिएर सडकमा एक्लै निस्केपछि लोकतन्त्र चोकबासी अचम्ममा परेका थिए । जिल्लाको सरसफाई गर्नको लागि उनी निष्केको देखेपछि उनलाई सहयोग गर्नको लागि परेका थिए ।

सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका ढकालले सोलुखुम्बुमा पनि २८ हप्तासम्म लगातार सफाई अभियान सञ्चालन गरेका थिए । उनको अगुवाईमा सगरमाथाको आधार शिबिरदेखि नाम्चे र प्रमुख पर्यटकीय रुटमा नमुनाकै रुपमा सरसफाई अभियान सम्पन्न भएको बताइएको छ ।

सोलुखुम्बु जिल्लाको सरसफाई गरेका प्रमुख जिल्ला अधिकारी ढकाल पर्वत जिल्लाको सरसफाईको लागि पनि अभियानतका रुपमानै लागि परेका बताइएको छ । कुश्मामालार्ई सफा र हराभरा बनाउन ढकाललेनै अभियान थालेको बताइएको छ ।

जिल्लाको सरसफाईको लागि आफुले नै पहल गरेको उनले बताउँछ्न् । अभियान संचालन गर्दा हल्ला खल्ला भन्दा पनि आफैबाट शुरुवात गर्न सकेमा जिल्लाको सरसफाई छिटै हुने उनले बताए । सदरमुकाम कुस्माबजार नै फोहोरको चपेटामा परेको देखेपछि आफ्नो पहिलो अभियान नै यसलाई बनाउने अठोट गरेर एक्लैले अभियान थालेको उनको तर्क छ ।

शनिवार देखि शुरु गरिएको कुश्मा बजारलाई सरसफाई गर्ने अभियान अब हरेक हप्ताको शनिवार विहान सात बजेबाट ९ बजेसम्म हुने र यसलाई अभियानकै रुपमा लग्ने बताइएको छ । अभियान सकिदाँ कुश्माका सवै टोल र चोक सफा र हराबरा हुने बताइएको छ ।

अभियानका क्रममा सार्वजनिक स्थलको फोहोर संकलन गरिने, फोहोर संकलनका लागि सबै चोक र टोलमा भाँडाहरु राखिने छ भने घरभित्रको फोहोर सडकमा नफाल्न सबैलाई आग्रह गरिनेछ बताइएको छ । कुस्माको फोहोर ब्यबस्थापन गर्नका लागि डम्पिङ्ग साइडका लागि सिफारिस गर्न समितिसमेत गठन भएको छ । समितिको सिफारिसका आधारमा डम्पिङ्ग साइड निर्माणको काम पनि थाल्न नगरपालिकालाई आग्रह गरिने भएको छ ।

कुश्मालाई पूर्ण सरसफाइ बनाउने अभियान अभियानकै रुपमानै राखि लाखौ रकम मात्रै नहोस । प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले थालेको कुश्मा सरसफाई अभियान देखाउने खसी खाने फर्सी नहोस् । यहि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड