2026-08-29 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

पुनःनिर्माण प्राविधिक तह बनाउने तयारी, फर्जी भूकम्प पीडितलाई कारवाही हुने

माघ ११, धादिङ (रासस) | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहमा पुनःनिर्माण प्राविधिक एकाइ बनाउने तयारीमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रहेको बताउनुभएको छ । 

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइले शुक्रबार धादिङबेसीमा आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यान्वयनमा देखिएका समस्या तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

स्थानीय तहको सरकारसँग मिलेर भूकम्प पीडितको नाममा दोहोरो सुविधा लिने र फर्जी विवरण दिएर सुविधा लिनेको पहिचान गर्ने र फर्जी भएका सबैलाई कारवाही गर्ने उहाँले बताउनुभयो । पुनःनिर्माण प्राधिकरण तथा कुनै पनि सरकारी निकायसँग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पीडितको पहिचानमा ढिलाइ भइरहेकोले स्थानीय तहलाई त्यस्ता व्यक्तिको विवरण पठाई दिन आग्रह गरिएको र सार्वजनिक सूचना पनि प्रकाशित गएिको ज्ञवालीको भनाइ थियो । 

सो अवसरमा जिल्लाका १३ वटा स्थानीय तहमा कार्यरत प्राधिकरणका इञ्जिनीयरको सहभागिता थियो । भौगोलिक विकटता, सूचना प्रविधिको पहुँचमा कमी जस्ता कारणले समयमै प्रतिवेदन तथा फोटो पठाउन नसकिएको इञ्जिनीयरको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो