Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान

By साझासवाल 3 मिनेट पढाइ

कात्र्तिक १९, पर्वत । पर्वतमा प्लास्टिक झोला निषेधित पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान सुरु भएको छ ।

पोखरामा क्रियाशील आमा नेपालको अगुवाइमा प्लास्टिक झोलाको प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा परेको प्रतिकूल प्रभाव न्यून गर्न कुस्मा नगरपालिकाको भण्डारीटोल र आसपासको क्षेत्रमा प्लास्टिक झोला प्रयोग गर्न निषेध गर्ने अभियान सुरु गरिएको हो।

आमा नेपालकी अध्यक्ष शकुन्तला शर्मा सिग्देलले भने,’प्लास्टिक झोलाको प्रयोगबाट हुने नकारात्मक असरका बारेमा समुदायलाई सचेत बनाउँदै कागज र कपडाका झोला थैला प्रयोग गर्न उत्साहित गराउन थालेका छौँ।’

अभियानका बारेमा कुस्मामा भएको छलफलमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले प्लास्टिकले मानव स्वास्थ्यका साथै वातावरण र जलवायु परिवर्तनमा पनि असर पुर्रुयाउने भएकाले यसको प्रयोगमा न्यूनीकरण गर्न अभियानलाई सफल बनाउन आवश्यक भएको बताएका थिए।

कार्यक्रममा स्थानीय विकास अधिकारी शिवप्रसाद रिजालले पर्वत जिल्लालाई प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि नयाँ कार्ययोजना बनाउनुपर्नेमा जोड दिँदै यसको प्रयोगमा वैकिल्पक वस्तुहरुको विकास गर्न जरुरी रहेको छ भने।

पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि सम्पूर्ण व्यवसायीका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।