2026-06-20 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तिहारले भुलायो भुकम्प र नाकाबन्दी

कात्र्तिक २३, पर्वत । भारतले लगाएको नाकाबन्दीका कारण देशभरीको जनजिवन यतिबेला अस्तव्यस्त भएको छ । बजारमा खाद्यन्नको मुल्य बढेको तर हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सवैको घर आगनमा आएको छ । तिहारको लागि आवश्यक पर्ने खाद्यन्न सामाग्री किन्नको लागि यतिबेला उपभोक्तालाई कठिन भएको छ ।

भान्छामा ग्यास, चामाल, दाल, चिनी लगाएका बस्तु छैन तर पनि घर आगनमा भित्रिएको तिहारका कारण सवैको पीडा यतिबेला तिहारले भुलाएको देखिन्छ । नाकाबन्दी र बैशाख १२ गते गएको महाभुकम्पका कारण घरबार विहिन भएका तथा पीडामा परेका जिल्लाबासी घर आगनमा भित्रिएको चाडसँगै रमाउन थालेका छन् ।

नेपालीहरुको महान् पर्व विजया दशमी सकिए लगत्तै आउने हिन्दूहरुको दोस्रो ठूलो महान् चाड शुभ दिपावलीको रौनक यतिवेला जनाततै छाएको छ । पाँच दिन सम्म मनाईने यो चाड विशेष गरि केटाकेटीको लागि उत्सवको चाड बनेको पाईन्छ ।

पर्वतम शुभ दिपावलीको रौनक निक्कै नै छाएको छ । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार यति वेला विहेमा दुलही सिङगारीएर चिटिक्क परेझै झिलिमिली बत्तीले सिङगारीएको देख्न सकिन्छ भने केटाकेटी , युवा क्लव, विभिन्न संगठनहरु आआफ्नो टोली बनाई घरदैलोमा द्यौसी भैलो खेल्दै रमाएको दृष्यहरु पनिले अझ दुलही झै सिङगारीएको कुश्मा बजारलाई थप रौनक र सुनमा सुगन्ध थपेको पाईन्छ ।

दाजुभाई दिदीबहिनी आपसमा जम्मा वा भेला भै मिठा मिठा परिकार सेल , कुराउनी , फलफुल, विभिन्न प्रकारका मिठाईहरुको ग्रहण गरि एक आपसका माया स्नेह र प्रेम साटासाट गरि मनाईने यो पर्व को विशेषताले गर्दा आफन्तहरु तथा साथीहरुमा सम्बन्ध निकट बनाउनको लागि अझ उर्जा थपेको छ ।

बत्ती र संगीतको नामले पनि चिनिने यो पर्वमा केटाकेटी, यवा यवतीहरु घरघरमा गएर भैलो खेल्ने गर्दछन् भने घरघरमा पाँच दिन सम्म मैन बत्ती होस् या दियोमा बत्ती बालेर होस् वा आधुनिक बत्तीको प्रयोग गरेर होस घरलाई उज्यालो र झिलिमिली बनाउने गरिन्छ । नेपालीहरुले पहिलो दिनमा यम पञ्चकको प्रतिको रुपमा सूचनाको संवाहकको रुपमा लिईने कागको पूजा गर्दछन भने दोस्रो दिन इमान्दार,बफदार र मानिसहरुको पहरेदारको रुपमा रहदै आएको पशु कुकुरको पूजा गरिन्छ भने तेस्रो दिन हिन्दुहरुको राष्ट्रिय जनावर तथा विभिन्न देविदेवताको प्रतिकको रुपमा गौ पुजा गर्ने गरिन्छ ।

चौथो दिन गोवर्धन पूजा गरिन्छ र यमपञ्चकको अन्तिम दिन आफ्ना दिदीबहिनीले आफ्ना दाजुभाईहरुको लामो आयुको कामना गर्दै दाजुभाईको पूजा गरि सप्तरङगी टिका र माला लगाईदिने प्रचलन रहेको छ । भुकम्पले लगाएको घाउ र नाकाबन्दीको सास्तीमा पनि यतिबेला पर्वतबासी तिहारपहिले जस्तै सहजताका साथ भित्राएका छन् ।

जिल्लामा यतिबेला आआफ्नो समुह बनाई भैलो खेल्नेको जमात पनि भेटिन थालेको छ । तिहार शुरु भएसँगै जिल्लाको सदरमुकाम यतिबेला बेहुली सहिए जस्तै गरि सजिएको छ । नाकाबन्दी र भुकम्पको घाउमा तिहारको झिलिमिलीले मलम लगाएको छ । चारैतिर तिहारको रौनक छाएको छ । नाकाबन्दीले निम्ताएको महङगीका बाबजुत पनि विगतका बर्षमा सरहनै यसपालिको तिहार पनि मनाउने तयारी गरेको कुनपा ८ छमर्के की मिना पुनले बताईन् । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण बजारमा बस्तुको भाउ महङ्गो भएको छ, सामान्य अत्यावश्यक बस्तुको मुल्य खरिदविक्रि गरेर यसपालिको तिहार पनि विगतको सरह मनाउने तयारी गरेका छौं उनले भनिन् ।

भारतले लगाएको नाकाबन्दीका कारण ग्यास तेल, देखि लिएर सवै बस्तुको हाहाकार भएको र बस्तुको मुल्य पनि बढेका कारण यसपालीको तिहारमा आवश्यकता भन्दा बढी खर्च नगर्ने र गाउँमा नै गएर तिहार मनाउने तयारी गरेको लोकतान्त्रिक चोकका राजु पौडेलले बताए । पौडेलले गाउँमा र्नै गई दिदीबहिनीको हातको टिका लगाएर दुखसुख साटसाट गरी मनाउने योजना भएको उनको तर्क छ ।

बडागाउँका चन्द्र बहादुर थापाको यसपालिको तिहारमा बाग्लुङमा रहेको बहिनिको घरमा गएर तिहार मनाउने तयारी भएको बताउँछन् । बाग्लुङ बलेवामा बहिनीको घरमा गई उतै सुखदुख साटसाट गरि मनाउने योजना रहेको उनको भनाई छ ।

धनेलर चोकमा बस्ने रणबहादुर बस्यालको पनि यसपालिको तिहार महङ्गीका बाबजुत पनि सामान्य र दिदीबहिनीसँग दाजुभाईको माया स्नेह साटसाट गरी मनाउने तयारी भएको बताउँछन् ।

देउसी भैली कार्यक्रम मार्फत भारतीय नाकावन्दीको विरोध !

देउसी भैलो मार्फत भारतले लगाएको नाकाबन्दीको विरोध गरिएको छ । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी तथा बजारमा अहिले बढेको कालोबजारीलाई यतिबेला कलाकार तथा भैलो समुहले गितमार्फत उठाएका छन् । भारतीय नाकाबन्दी र पेट्रोलियम पदार्थको चरम अभाव एबं गत बैशाख महिनाको बिनासकारी भुकम्पका कारण सर्वसाधारणमा पर्न गएको असरर अबस्थाको बारेमा भैलो मार्फत आफ्ना पिडा पोखिएको छ ।

पर्वतमा ओम शान्ति ओमले आफ्नो भैलो कार्यक्रमलाई अगाडी बढाएको छ भने अन्य संघसंस्था तथा विद्यालयले पनि देउसी भैलोलाई यसपालिको नाकाबनदी र भूकम्पको पीडा भुल्ने तरिकाका रुपमा लिएका छन् । राप्रपा नेपाल बाग्लुङले हिन्दुराष्ट्रको पुनस्र्थापना गरौँ, भारतीय नाकावन्दीको बिरोध गरौँ आदि नारा लिगाउँदै देउसी भैलो कार्यक्रमको शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ