2026-06-20 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउसी–भैलोबाट ६५ हजार संकलन

कार्तिक २९, पर्वत / जिल्लाको बाजुङ गाविसमा रहेको सप्तरङ्गी बाल क्लब र सयपत्री क्लबले देउसी–भैलो खेलेर ६५ हजार रुपैयाँ संकलन गरेका छन् । सरस्वती माध्यामिक विद्यालयमा रहेका उक्त क्लबले तिहारको बेलामा चार दिन छुट्टाछुट्टै देउसी भैलो खेलेर उक्त रकम संकलन गरेको हुन् । बाल क्लबले देउपुर पातिचौर, बाजुङको वडा नम्बर एक मा खेले उक्त रकम संकलन गरेको बालक्लबका अध्यक्ष नविन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार भैलो कार्यक्रमबाट नगद रकम सहित केही जिन्सि सामान संकलन गरिएको बताए ।र संकलित रकमबाट क्लबलाई दर्ता गर्ने र बाँकी रकमले साँस्कृतिक सामाग्री तथा क्लबको विकासको लागि खर्च गर्ने बताएका छन् । कक्षा ९ का विद्यार्थीले बनाएको क्लबमा अहिले ४० जना सदस्य रहेको क्लबले जनाएको छ । त्यसैगरी सोही विद्यालयमा रहेको सयउपत्री क्लबले पनि तिहारमा देउसी भैलो खेलेर ३६ हजार संकलन गरेको बताइएको छ ।

सयपत्री क्लबले भने उक्त रकम के मा खर्चिने भन्ने बारेमा जानकारी दिएको छैन । बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यामिक विद्यालयमा तीन वटा बाल क्लबहरु रहेका छन् । चयपत्री क्लब, सप्तरङ्गी र विहानी बाल बगैचा । तिहारमा दुइ क्लब देउसी भैलो खेलेता पनि एउटा नखेलेको बताइएको छ । बालक्लबले विद्यालयमा विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।

शुक्रवार हुने अतिरिक्त क्रियाकलापमा पनि क्लबले आफै संचालन गर्ने तथा विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमताको विकास गर्ने कार्यमा कृयाशिल हुदै आएका छन् । विद्यार्थीको जोस र जाँगर देखेर विद्यालयका शिक्षक पनि खुसिनै देखिन्छन् । विगतका बर्ष कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलोको आयोजना गरेर विद्यालयमा विभिन्न जिन्सि सामाग्रि समेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ