Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 18, 2015 पर्बत - PBT, समाज

दुई महिला सहित ६ जना जुवाडेलाई पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले बुधबार ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कुश्मा नगरपालिका–११ बस्ने नन्द कुमारी गुरुङको घरमा नियमित रुपमा जुवा अखडाको रुपमा खेलाउदै आएको भन्ने सुचनाको आधारमा निजको घरमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले छापा मार्दा तास खेलिरहेको अवस्थामा दुई महिला सहित ६ जना जुवा खेल्ने र खेलाउने व्यक्तीहरुलाई नियन्त्रणमा लिएको छ ।

जुवाडेको साथबाट प्रहरीले रु. २३ हजार ९ सय रुपैयाँ नगद समेत बराबद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीले बतायो ।