2026-06-28 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा मालपोतका नासुलाई दलियो कालोमोसो

2019-01-30

माघ १६, सुर्खेत । मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा नरबहादुर घर्तीलाई वैद्य माओवादीले कालोमोसो दलेका छन् । सेवाग्राहीको काम नगरेर अल्झन देखाउने गरेकाले कालो मोसोे दलेको नेकपा क्रान्तिकारी माओवादीका नेता हिमाल शाहीले जानकारी दिए ।

उनका अनुसार नेकपा क्रान्तिकारी माओवादीको संगठन क्रान्तिकारी युव लिग र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रूपमा कालोमाोसो दलेर जनकार्वाही गरिएको हो । क्रान्तिकारी युवा लिंग नेपाल, सुर्खेतका नेता शाहीले सूचना अधिकृतले सेवाग्राहीबाट नागरिकलाई अनाहकमा दुख दिने र कार्यालयमा बसेर कमाउ धन्दा गरेको कारण आफ्नो संगठनले पहिलो चरणको कारबाही गरेको जनाएका छन । युवा नेता शाहीले घटनाको विषयमा संगठनको तर्फबाट जिम्मा लिदैँ सूचना अधिकारीले नागरिकसँग घुस लिने गरेको र सरकारी कुर्सिमा बसेर ब्यापक अनियमितता गरेको समेत आरोप लगाए । नेता शाहीले समाजमा रहेका दलाल, तस्कर र बेइमानहरुलाई पार्टीको नीति तथा योजना अनुसार कारबाही प्रकृया निरन्तर अघि बढ्ने जनाएका छन ।

सूचना अधिकृत घर्तिलाई क्रान्तिकारी युवा लिंगका युवाहरुको समूहले उनको कार्यकक्षमा प्रवेश गरी भ्रष्टाचारी भन्दै नारा लगाउँदै कालोमोसो दलेका सेवाग्राहीले जानकारी दिए । मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्रीले कर्मचारीमाथि कालोमोसो दल्नु गलत भएको प्रतिक्रिया दिएकी छन् । जनताको बढी चाप हुने कार्यालय मालपोत भएकाले सेवामा कमजोरी रहेको स्वीकार्दै  उनले समस्या भए मलाइ नभनेर मोसो दल्नु गलत भएको बताएकी हुन् । ‘अनलाइन प्रणालीमा सेवा रूपान्तरणहुँदा काममा असहज भएको छ’ खत्रीले भनिन्, ‘कानुनी राज्यमा गुनासा राख्ने ठाउँ हुँदाहुँदै पनि गुरिल्ला हर्कत गर्न राम्रो पक्ष हैन् ।’ मालपोतप्रतिका गुनासा नजिकै प्रशासन कार्यालय छ र अख्तियार नि छ उतै गुनासा नगरेर कर्मचारीको मनोबल गरिउने कार्य हुनु दुखद् भएको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी