Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
पर्बत - PBT

लागुऔषध गाँजा सहित ३ युवा पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २०, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध गाँजा सहित तीन जना युवालाई कुुश्मा नगरपालिका १० बाट पक्राउ गरेको छ । कुनपा १० स्थीत नेपाल टेलिकमको कार्यालय अगाडीबाट रातो झोलामा ३ सय ५० ग्राम गाँजा लिएर हिडेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वत कुर्घा ७ घर भइ जिल्ला कास्की पोखरा उपमहानगर पालिका १५ रामवजार बस्ने बर्ष १८ को जनम गुरुङ , पर्वत भुकताङले घर भइ जिल्ला कास्की पोउमनपा १५ रामवजार बस्ने बर्ष अनिल परियार र कास्की पोउमनपा १५ रामवजार बस्ने बर्ष १८ को सुमन खनलाई पक्राउ गरी लागुओषध ओसारपोसार तथा नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।