2026-06-28 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सकियो १६ दिने अभियान

मंसीर २४, पर्वत / हरेक बर्षको २५ नोभेम्बरमा मनाइने अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान विहिबार सकिएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान ब्यबहार’ भन्ने मूल नाराका साथे लैंगिक हिम्सा बिरुद्दको शुरु भएको १६ दिने अभियान विहिबार विभिन्न कार्यक्रम गरी समापन गरीएको हो ।

16

अभियानको अबसरमा पर्वत जिल्लामा महिला हिंसा विरुद्ध ¥याली प्रदर्शन गरी १६ दिने अभियानको शूरुवात गरिएको थियो भने अभियानको समापन १६ दिने अभियानको उपलब्धी , लैगिक हिंसाका बर्तमान अबस्था र यसका न्यूनीकरणका विषयमा अन्तरक्रिया गरी सम्पन्न गरिएको हो । १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको क्रममा विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी कार्यक्रमको आयोजना गरेको महिला मानवअिधकार रक्षकहरुको संजालकी अध्यक्ष सिता केसीले जानकारी दिइन् ।

जिल्लामा लैगिक हिंसाको १६ दिने अभियान संचालन भएता यस्ता अभियान दिवस र अवसर पारी भन्दा पनि हरेक दिन गर्नु जरुरी रहेको केसीले औलाइन् । अझै पनि जिल्लाका दुरदराजमा रहेका महिला दिदीबहिनीहरु हिंसाको शिकार हुनबाट बञ्चित हुन नसकेको उनको तर्क छ । दाइजो नल्याएको निउमा होस या छोरी जन्माएको भन्दै होस अझै दुरदराजमा चेतनाको अभावमा महिलाहरु हिंसाबाट मुक्त हुन नसकेको उनको भनाई छ ।

महिलाहरु सचेत भएता पनि आफ्नो खुटमा आफै उभिन नसकेका कारण घरपरिवारबाट हिंसाको शिकार हुन पुगेको बताउँदै महिला हिंसाको अन्त्य गर्नको लागि महिला नै आफै सजग भई अघि बढ्नुपर्नेमा उनको जोड छ । महिलाले नै महिलामाथि अमानविय व्यवहार गर्ने र छोरा र छोरीमा विभेद गर्ने गरेका कारण लैगिक हिंसाको अन्त्य हुन नसेको उनको बुझाई छ । लैगिक हिंसा विरुद्धको १६ दिन अभियान तथा अन्तराष्ट्रिय मानवअधिरकार दिवसको अबसरमा आयोजना गरेको कार्यक्रमा बोल्दै केसीले जब सम्म महिला आफु हिंसाको चपेटामा पर्दा पनि त्यसको कानूनी उपचार वा बाहिर ल्याउन चाहदैन त्यसका कारण नै हिंसा र्मौलाउदै जान्छ त्यसैले महिलानै हिंसाको विरुद्धमा सचेत हुनु आवश्यक रहेको बताइन् ।

संजालकी कोषाध्यक्ष सरिता भण्डारी सरुले मानवअधिकारका विषयमा संविधानमा ओकालत गरीयता पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेका कारण मानवअधिकारको प्रत्याभूति हुन नसकेको जिकिर गरीन् । कागजी र कानूनमा मात्रै मानवअधिकारका कुरा समावेश गरेर मात्रै मानवअधिकारको रक्षा नहुने भन्दै भण्डारीले त्यसको जनतालाई प्रत्याभूति दिलाउन सकेमा मात्र मानवअधिकारको रक्षा हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी