2026-10-15 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेरीगंगामा स्वास्थ्य हेल्प डेस्क सेवा शुरु

माघ २१, सुर्खेत । भेरीगंगा नगरपालिकामा हेल्प डेस्क सेवा शुरु गरिएको छ । नगरपालिका परिसरमै स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिने उदेश्यले हेल्थ डेस्क सेवा सोमबारदेखी शुभारम्भ गरिएको हो ।

नगरपालिकामा आउने सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गर्ने हेतुले स्वास्थ्य हेल्प डेस्क सेवाको थालनी गरिएको भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्य ढकालले जानकारी दिइन् । ‘नागरिकहरुलाई स्वस्थ रहन सचेतना जगाउने प्रमुख दायित्व नगरपालिकाको पनि हो’ आचार्यले भनिन्, ‘नगरपालिकामा पुग्ने हरेक सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य सम्बन्धि सेवाहरु उपलव्ध गराइने छ ।’ बदलिदो मौसमअनुसार लाग्ने विभिन्न रोगहरुका बारेमा समेत सेवाग्राहीहरुलाई सजक गराउन हेल्प डेस्कले सहयोग पुग्ने अपेक्षा ढकालको छ । कतिपय नागरिकहरु रोग लुकाएर बस्ने गरेकाले उनीहरुलाई उपचारको पहुँचमा पु¥याउन स्वास्थ्य हेल्प डेस्कले मदत पुग्ने ढकालले उल्लेख गरिन् । ‘ग्रामिण बस्तीका महिलाहरु क्यान्सर, पाठेघर जस्ता समस्याबाट पीडित हुनुहुन्छ’ ढकालले भनिन्, ‘उहाँहरुलाई समयमै स्वास्थ्यसम्बन्धि परामर्श दिनमा हेल्प डेस्कबाट सहयोग पुग्नेछ ।’ हेल्थ डेस्कबाट ब्लड प्रेसर, नाडीको जाँच, बजन, उचाई, ग्लुकोजको जाँच, उचित परामर्श, प्राथमिक उपचार, विशेषज्ञ सेवा, विशेषज्ञ अस्पतालहरुका बारेमा सेवाग्राहीहरुलाई उपयुक्त ठाउँका बारेमा जानकारी दिइने छ । हेल्प डेस्क नगरपालिकामा नियमित रुपमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । हेल्प डेस्कमा अहेब विमल रावतले सेवाग्राहीहरुको स्वास्थ्य जाँच र उनीहरुलाई स्वास्थ्य सम्बन्धी थप परामर्श दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन