2026-06-28 03:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्युत प्राधिकरण पर्वतले गर्यो सूचनाविनानै लोडसेडिङ

पुस २, पर्वत । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले सूचनाविनानै लोडसेडिङ गरेको छ ।

आइतबार देखि प्राधिकरणले लोडसेडिङको तालिका प्रकाशन विनानै लोडसेडिङ गरेको हो । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतका प्रमुख कन्यालाल दासले लोडसेडिङ नभई केन्द्रबाटनै काटिएको बताए तर कार्यालयका कर्मचारीले भने लोडसेडिङ गरिएको बताएका थिए । विना सुचनानैल प्राधिकरणले लोडसेडिङ गर्न थालेपछि जिल्लाबासी चिन्तीत भएका छन् ।

प्राधिकरणले तालिका विनानै लोडसेडिङ गरेपछि समस्या भएको उपभोक्ताको गुनासो छ । सरकारले भारतले लगाएको नाकाबन्दीका कारण देशमा उर्जा संकट पैदा भएको अबस्थामा लोडसेडिङलाई कम गर्ने बताएको थियो ।

लोडसेडिङ उपभोक्ताले खाना पकाउने समयमा विनार ६ देखि ९ र बेलुका ५ देखि ९ बजेसम्म लोडसेडिङ नगर्ने बताएता पनि विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले भने उपभोक्ताले खाना पकाउने समयमा नै लोडसेडिङ गर्न थालेको हो ।

विहान २ घण्टा र बेलुका २ घण्टा प्राधिकरणले खाना पकाउने बेलामा लोडसेडिङ गर्न थालेपछि कुश्माबासी चिन्तित भएका छन्। विद्युत प्राधिकरणले सूचनाविनानै लोडसेडिङ गरेपछि समस्या झन थपिएको बडागाउँका नविन सुनारले बताए ।

भारतले लगाएको नाकाबन्दीका कारण ग्यासको अभाव भएर विद्युतको भर पर्नु परेको छ त्यहि पनि प्राधिकरणले विनासुचनानै लोडसेडिङ गर्छ जसले गर्दा झन् समस्यामा प¥यौं उनले भने ।

प्राधिकरणले सूचना निकाली लोडसेडिङ गरे बरु खाना पकाउन त सजिलो हुन्थ्यो कुन समयमा लोडसेडिङ गछ थाहा हुदैन जसका झन समस्या झेल्नु परेको छ, सुनारले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी