2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एवी केयर एण्ड रिहाविलीटेशन हस्पिटलको भेटघाट कार्यक्रम सम्पन्न

पुस ४, पर्वत ।  फिजियोथेरापी तथा अकुपेसनलथेरापी सम्बन्धी उपचार गर्ने एवी केयर एण्ड रिहाविलीटेशन हस्पिटल प्रालिले शनिबार कुश्मामा पत्रकारसँग भेटघाट गरेको छ ।

अस्पतालले दिने सेवासुविधाका बारेमा जनमानसमा जानकारी गराउनको लागि एवीले शनिवार पत्रकार भेटघाट गरी आफ्ना सेवा सुविधाको बारेमा जानकारी दिएको हो ।

एवी हस्पिटलका अध्यक्ष डा. अनिलबाबु पराजुली मानिसहरु महंगा हस्पिटलमा जाने तर उपचार संभव नभएर पछि अन्तिम अबस्थामा उपचारको लागि लाखौ खर्च गरीसकेपछि मात्रै आउने गरेको बताए । नेपालमा १० जना मध्ये १ जनालाई मस्तिकघात हुने तथ्याङकमा उल्लेख भएको बताउँदै एउटा सानौ सचेतनाले पनि यस्ता प्राण्घात रोगबाट बच्न सकिने उनको भनाई छ । क्यान्सर, मुटुरोग पछिको सवैभन्दा ठूलो खतरनाक रोग मस्तिष्कघात भएको बताउँदै यस्तो रोगबाट मानिसले आफ्नौ दैनिकीमा फेरबल गरी आफ्नो स्वास्थयलाई ध्यान दिने हो भने मात्र पनि रोगबाट बच्न सकिन उनको तर्क छ ।

एवी हस्पिटल एकमात्र त्यस्तो फिजियोथेरापी तथा अक्ुपेशनलथेरापी रहेको अस्पताल रहेको बताए । अत्याधुनिक प्रविधिबाट उपचार गरिने , बाताबरण विरामीमैत्री भएको उनको भनाई थियो । एवी अस्पतालका संचालक पर्यटनविद गोविन्दराज पहाडीले अस्पताल पारिवारिक भएको बताए । अस्पताल डा. पराज्लीको व्यक्तिगत सम्पत्तीमा बनाएको बताउँदै अस्पताल पैसा कमाउनको लागि भन्दा पनि सेवामुखी बनाउनको लागि बनाइएको उनको तर्क थियो । पहाडीले “थोरै खाऊ, धेरै हिडौं” भन्दै आजभोल्ी विश्वमा मोटोपनका कारण यस्ता रोगहरु देखा परेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई