२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रथम मिस सुन्दरी धौलागिरिको ताज भण्डारीलाई

४ पुष २०७२, शनिबार १३:१२

miss daulagiपुस ४, पर्वत ।  द लुक्स फेसन हाउसद्धारा आयोजित प्रथम मिस एण्ड मिसेस धौलागिरि प्रतियोगिता शनिवार पर्वतको सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । धौलागिरिमै पहिलो पटक सम्पन्न भएको सुन्दरी प्रतियोगिताको ताज निरुता भण्डारीले हासिल गरेकी छन् । बाग्लुङ घर भएकी १९ वर्षीय भण्डारी पहिलो धौलागिरि सुन्दरी बन्न सफल भएकी हुन् ।

प्रथम सुन्दरीको ताज पहिरेकी भण्डारीले आफू दीनदुःखीको सेवामा समर्पित हुने ईच्छा सुनाईन् । सुन्दरी प्रतियोगितामा जम्मा १२ जना मिस र मिसेसहरु सहभागी भएका थिए । सहभागीहरु पर्वतसँगै बाग्लुङ, म्याग्दीका समेत रहेका थिए । त्यसैगरी पर्वतको कुश्माकी वर्ष १८ की प्रितिजा गुरुङले फस्ट रनर अप र सेकेण्ड रनर अपको उपाधी म्याग्दी तातोपानी घर भएकी १९ वर्षीय सविता नेपालीले हात पारिन् । मिस धौलागिरि प्रथम हुनेले बुटवलमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने अवसर पाउने आयोजक रविन्द्र बज्राचार्यको भनाई छ ।

करीव एक महिना पहिलाबाट सुन्दरी प्रतियोगिताको तयारी गरिएको प्रतियोगिताको संयोजक ईन्दु शर्माले जानकारी दिईन् । सुन्दरी प्रतियोगिताका सहभागीहरुले भाग लिनका लागि विभिन्न चरणहरु पार गर्नु परेको थियो । सुन्दरी प्रतियोगितालाई भव्य बनाउन आयोजक पक्ष सक्रिय भई लागेको थियो । प्रतियोगितामा सहभागीको संख्या केही कम भए पनि कार्यक्रमलाई सफल बनाउन आयोजकको मिहिनेत कम थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव