2026-09-18 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रथम मिस सुन्दरी धौलागिरिको ताज भण्डारीलाई

miss daulagiपुस ४, पर्वत ।  द लुक्स फेसन हाउसद्धारा आयोजित प्रथम मिस एण्ड मिसेस धौलागिरि प्रतियोगिता शनिवार पर्वतको सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । धौलागिरिमै पहिलो पटक सम्पन्न भएको सुन्दरी प्रतियोगिताको ताज निरुता भण्डारीले हासिल गरेकी छन् । बाग्लुङ घर भएकी १९ वर्षीय भण्डारी पहिलो धौलागिरि सुन्दरी बन्न सफल भएकी हुन् ।

प्रथम सुन्दरीको ताज पहिरेकी भण्डारीले आफू दीनदुःखीको सेवामा समर्पित हुने ईच्छा सुनाईन् । सुन्दरी प्रतियोगितामा जम्मा १२ जना मिस र मिसेसहरु सहभागी भएका थिए । सहभागीहरु पर्वतसँगै बाग्लुङ, म्याग्दीका समेत रहेका थिए । त्यसैगरी पर्वतको कुश्माकी वर्ष १८ की प्रितिजा गुरुङले फस्ट रनर अप र सेकेण्ड रनर अपको उपाधी म्याग्दी तातोपानी घर भएकी १९ वर्षीय सविता नेपालीले हात पारिन् । मिस धौलागिरि प्रथम हुनेले बुटवलमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने अवसर पाउने आयोजक रविन्द्र बज्राचार्यको भनाई छ ।

करीव एक महिना पहिलाबाट सुन्दरी प्रतियोगिताको तयारी गरिएको प्रतियोगिताको संयोजक ईन्दु शर्माले जानकारी दिईन् । सुन्दरी प्रतियोगिताका सहभागीहरुले भाग लिनका लागि विभिन्न चरणहरु पार गर्नु परेको थियो । सुन्दरी प्रतियोगितालाई भव्य बनाउन आयोजक पक्ष सक्रिय भई लागेको थियो । प्रतियोगितामा सहभागीको संख्या केही कम भए पनि कार्यक्रमलाई सफल बनाउन आयोजकको मिहिनेत कम थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई