१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जनता सुदर्शन उमावि ठुलीपोखरीमा स्वर्ण महोत्सव हुने

८ पुष २०७२, बुधबार १०:५०

पुस ८, पर्वत । पर्वत जिल्लाको ठुलीपोखरी गाविसमा रहेको श्री जनता सुदर्शन उच्च माध्यमिक विद्यालयमा स्वर्ण महोत्सव २०७२ संचालन हुने भएको छ । जिल्लाको पुरानो मध्येको एक तथा ऐतिहासीक पृष्ठभुमि बोकेको यस विद्यालयको ५० औं वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सवको आयोजना गरिएको सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

विदयालयको स्वर्ण महोत्सव मुल आयोजक समितिका तर्फबाट विद्यालयका अध्यक्ष र प्रअले स्वर्ण महोत्सवको बारेमा जानकारी गराएका हुन् । उक्त महोत्सव पुस २३ गते देखी २७ गते सम्म भब्य रुपमा संचालन गरीने बताइएको छ । उक्त अवसरमा ५ दिन सम्म विभिन्न कार्यक्रम हुने छन् । पहिलो दिन स्थानीय संस्कृति झल्किने झाँकी सहित उद्घाटन, दोस्रो र तेस्रो दिन खेलकुद, चौथो दिन भुपु विद्यार्थी समाजको संयोजनमा विविध सांस्कृतिक कार्यक्रम र पाचौ दिन समापन समारोह हुने छ ।

महोत्सवका अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगीता एवं राष्ट्रिय तथा स्थानीय कलाकारबाट गित नृत्य प्रस्तुत हुने जनाइएको छ । २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा आयोजीत स्वर्ण महोत्सवबाट अनुमानित १ करोड ५० लाख रुपैंया आम्दानी गर्ने लक्ष्य रहेको विद्यालयका अध्यक्ष हेमराज सापकोटाले बताए । जस मध्ये अनुमानित १० लाख रुपैंया खर्च हुने र कार्यक्रमबाट बचत भएको रकमले विद्यालयको भौतिक पुर्वाधार निर्माण एवं उच्च माविमा विज्ञान कक्षा संचालन गर्ने उदेश्य रहेको प्रअ वालकृष्ण सुवेदीले जानकारी दिए ।

पत्रकार सम्मेलनको संचालन उक्त स्वर्ण महोत्सवका प्रचार संयोजक गणेश पौडेलले गरेका थिए । स्वर्ण महोत्सवमा आर्थिक संकलनका लागि १ हजार १ सदस्य बनाएर प्रत्येकबाट २५ सयका दरले रकम उठाउने योजना रहेको आयोजक समितिले जनाएको छ । विद्यालयका अभिभावक तथा भुपु विद्यार्थीहरु नेपाल सरकारका उच्च कर्मचारी तहमा पुगेका, प्रसिद्ध विशेषज्ञहरु समेत भएका र विदेशमा रहेका शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा गरिएको जनाइएको छ । जिल्ला स्थीत सरोकारवाला निकाय, जिविस, जिशिका लगायतका अन्य विभिन्न संघसंस्थाबाट समेत आर्थिक सहयोग हुने स्वर्ण महोत्सव मुल आयोजक समितिले अपेक्षा गरेकोे छ ।

-मुरारी संगमबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण सुनको मूल्य घट्यो