2026-10-15 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा २९ लाख रकमसहित फरार उपभोक्ता समिति अध्यक्ष पक्राउ

नन्दराम जैशी | माघ २३, जुम्ला | जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित पातरसाँघु बारागाउँ सडक आयोजनाको रकम झिकेर फरार रहेका तातोपानी ७ का भिमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सडक निर्माण सकिएको भन्दै, जुम्ला राष्ट्रिय बाणिज्य बैंकको खाता नं. ४०३०००७४२८०१ को चेक नं.००२१६१७६०२ बाट गत बैशाख २४ गते २९ लाख रकम लिएर फरार भएका थिए ।

सडक निर्माण उपभोक्ता समितिका स्वयम अध्यक्ष रहेका रावतल २९ लाख सहित फरार भएपछि स्थानीयले उनको नाममा उजुरी हालेका थिए । प्रहार पश्चात प्रहरीलले उनको खोजी कार्य जारी राखेको थियो । झण्डै डेढ वर्ष पछि सोमबार उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर रावतलाई काठमाण्डौ महानगरपालिका २८ बागबजारबाट प्रहरीले नियन्त्रणमा लिइएको हो डिएसपी सिताराम रिजालले बताए उनका अनुसार अनुसार २९ लाख तीन हजार पाँच सय २२ रुपैयाँ झिकेर रावत डेढ वर्ष देखि फरार रहेको भनेर ठगी मुद्दामा जाहेरी पर्ने वितिकै खोजतलास शुरु गरिएको थियो । 

डिएसपी रिजालले भने, ‘खोजतलासका लागि महानगरीय प्रहरी वृत्त सिंहदरवार काठमाडौं र जिल्ला प्रहरी कार्यालय जुम्लाको टोली खटिएको थियो । स्थानीयले आयोजनाको रकम झिकेर फरार रावतलाई तत्काल खोजतलास गरि असुल उपर गर्न माग गरेका थिए । जनताको विकासका लागि आएको रकम दुरुपयोग गर्ने ठग भिमबहादुरलाई हदैसम्मको कारवाही गर्न माग गर्दै विकासमा सुशासन र पारदर्शिता ल्याउन आग्रह गरेका छन् ।

स्थानीय कानालि बहादुर रावतका अनुसार फरार भिमबहादुर रावत काम गरेको रकम झिक्न बैंकमा गएका थिए । रकम ल्याएर गाउँमा बितरण गर्ने भनेर सदरमुकाम खलंगा गएका उनी, आयोजनाको २९ लाख बोकेर फरार भएको उनको भनाई छ । बल्ल पक्राउ परेको थाहा पाएपछि स्थानीय खुसी भएका छन् । अहिले ठगी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंमा प्रहरीले नियन्त्रण गरेका फरार रावतलाई जुम्ला ल्याइ पुराइएको छ ।

जुम्लामा ५६ जना अझै फरार

जुम्लामा अझै विभिन्न मुद्धा लागेका तर, फरार रहेका अपराधि झण्डै ५६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ । जिल्ला अदालतले दोषी ठहर गरेको । तर विभिन्न बाहानामा फरार रहेका ५६ जना मध्य भर्खर पक्राउ परेका भिम बहादुर रावत पनि एक रहेको डिएसपि सिताराम रिजालको भनाई छ ।

उनका अनुसार, आफ्ना विभिन्न सयंन्त्र मार्फत बााकी ५५ जना अपराधि हरुलाई खोजी कार्य जारी रहेको उल्लेख गरे । फरार सबैलाई कानुनी दायरामा ल्याएरै छाडने उनको दाबी छ । ५५ जना फरार अपराधि मध्य ४ जना महिला र बाँकी पुरुष रहेका छन् । सबैको खोजी कार्य जारी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने