<p>माघ २४, बेत्रावती | नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना२ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । <br></p><p>उहाँका अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको मिनीट्रक नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो । दुर्घटनापछि गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई परीक्षणका लागि त्रिशूली जिल्ला अस्पतालमा लगिएको छ । </p>
February 7, 2019
नुवाकोट - NWK, समाज
नुवाकोटमा मिनीट्रकको ठक्करबाट एकको मृत्यु
By kit
2 मिनेट पढाइ










