2026-07-24 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लेखापालको कुटाई खप्न नसकेपछि न्याय खोज्दै वालक प्रशासनमा

parbatपुस, पर्वत । पर्वत जिल्लाको हिमालय उच्च माध्यमिक विद्यालय खुर्कोटमा वालअधिकार हनन् भएको छ । उक्त विद्यालयमा अध्यायनरत एक वालकलाई विद्यालयका लेखापालले कुटपिट गरेको भन्दै न्यायका लागि जिल्ला प्रशासनमा आएका छन् । हिमालय उमावि खुर्कोटका लेखापाल रामप्रसाद वास्तोलाले कक्षा ८ मा पढ्ने १३ वर्षिय आक्रोश बुढामगरलाई विनाकारण अन्धाधुन्द पिट्ने गरेको भन्दै पिडित वालकले प्रशासनमा उजुरी दिएका हुन् ।

पिडित वालकले विद्यालयका लेखापालनै शिक्षक बनेर पढाउन आउने र कक्षामा पुगेपछि आफु लगायतका अन्य विद्यार्थीहरुलाई समेत अनावश्यक कुट्ने गर्दापनि विद्यालय प्रशासनले मुकदर्शक बनेर बसेको बताएका छन् । उनि भन्छन् ‘वास्तोला सरले यस भन्दा अघि पनि विद्यार्थीलाई उहाँले कुटपिट गर्नुहुन्थ्यो, तर मसिंर २० गतेको दिन विद्यालयको कक्षा कोठामा पालो अनुसार केही विद्यार्थी साथीहरुले सरसफाई गरिरहेको समयमा कक्षा बाहिर बसेको थिँए ।

त्यही क्रममा वास्तोला सर कक्षामा आउनै लाग्दा आफु उहाँले कुट्ने डरले दगुर्दै कक्षा भित्र पसेको र कक्षा भित्र गएर बसिसकेपछि सरासर आएर पायपले हिर्काउनुभयो । अनि फेरी मनपरी ढंगले गाला, कान र टाउकोमा झापड हिर्काउनुभयो । उनले भने । यसै कारणले टाउको दुख्ने र शरिर दुख्ने भएपछि केही दिन विद्यालयमा पढ्न नगएको र पछि अर्धवार्षिक परिक्षा भएकोले परिक्षा दिन मात्र विद्यालयमा गएको हुँ, उनले भने । विद्यालयले वास्तोला सरले हदैसम्म कुट्ने गर्दापनि विद्यालयका प्रअ माधवप्रसाद रेग्मीले उल्टै तैंले माफी माग्नु पर्छ भनेर माफि माग्न लगाए’ वालकले रुदै भने । पिडित वालकका अनुसार लेखापाल वास्तोलाले अरुपछि पनि धेरै विद्यार्थीलाई हातमा जे भेटियो उसैले झटारो हान्ने काम पनि गर्दै आएको बताउँछन् ।

पिडित वालक र उनिसँगै जिल्ला प्रशासनमा आएका विद्यालयका वालक्लबका सदस्य अमन पौडेलले वास्तोला सरले पटकपटक बाँसको लौराले हिर्काउने, पायप, कोर्रा र ढुंगाको समेत झटारा हान्ने, झापड हान्ने लगायतका कार्य गर्दै आएको बताउँछन् । कक्षा ८ मा पिडित आक्रोश मगरसँग पढ्दै आएका अमन पौडेलका अनुसार साथीको न्यायका लागि जिल्ला प्रशासन, जिल्ला वाल कल्याण समिति, जिल्ला वाल संजाल, पत्रकार महासंघ, इन्सेक, काहुराष्ट लगायतका मानवअधिकार संस्था सबैसँग न्यायका लागि निवेदन गरिएको बताउँछन् ।

विद्यालय वालवालिकाको संरक्षण र शान्ति क्षेत्र भनिएपनि हिमालय उच्च माविमा विद्यार्थीहरुलाई मानसिकतामा प्रभाव पार्ने गरी यस्ता गतिविधी हुँदा विद्यालय प्रशासनले दोषी पक्षलाई कारबाही गर्न नसकेको अभिभावक समेत बताउँछन् । सोमवार जिल्ला प्रशासनमा पिडकलाई कारबाही गरी न्याय पाउ भनि निवेदन परेपछि प्रमुख जिल्ला अधिकारीले यस विषयमा विद्यालयमा वालकलाई अन्याय भएको पाइएमा दोषीलाई कारबाहीको प्रक्रियामा लैजाने ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक