2026-09-19 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

धुञ्चे क्षेत्रमा हिमपात

माघ २६, रसुवा | तीन दिनदेखिको निरन्तर वर्षासँगै आज धुञ्चे क्षेत्रमा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गुम्बुडाँडाभन्दा माथिल्लो भेगअन्तर्गत सदरमुकाम धुञ्चेलगायत रसुवाको अधिकांश भागमा गए रातिदेखि हिमपात परेका कारण निकै चिसो भएको छ । 

यही माघ ८ गतेबाट पानी पर्न शुरू भएको र पटकपटकको वर्षासँगै परेको हिमपात यतिखेर समुद्री सतहदेखि एक हजार ६०० मिटरको भू–भागमा पुगेको बताइएको छ । ज्येष्ठ नागरिकलाई चिसोले बढी असर पुर्याएको छ भने युवा हिउँ खेल्न जुटेका छन् । धुञ्चेमा भने छ वर्षपछि हिमपात भएको समाजले जनाएको छ । उत्तरी रसुवा गत्लाङबाट प्राप्त जानकारीअनुसार गत्लाङ क्षेत्रमा एक मिटरभन्दा बढी हिमपात भएको छ । 

हिमपातले मानिस घर बाहिर निस्कने अवस्था नभएको २०० भन्दा बढी चौपायाको चरण क्षेत्र हिउँले छोपेबाट घाँसको सङ्कट पर्दै गएको गत्लाङका स्थानीयवासी मार लामाले बताउनुभयो । हिमपातको समयमा पशु आहारा सञ्चय गर्न कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकद्वारा विगतमा पाएको सीपले सुकाइ राखेका घाँस पनि सकिँदै गएको पशुपालक किसानले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई