2026-09-18 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकिकृत अखिल नेपाल शिक्षक संगठनको ६ महिने शैक्षिक अभियान शुरु

मुरारी संगम । माघ १०, पर्वत । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएनटिओ)ले देशब्यापी रुपमा शैक्षिक जागरण अभियान शुरु गरेको छ । केन्द्रिय तथा जिल्ला स्तरमा रहेका अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरु तथा शिक्षक संगठनले ६ महिने शैक्षिक जागरण, रुपान्तरण र पुर्नगठन अभियान २०७२/७३ शुरु गरेको हो । सोही अनुसार पर्वत जिल्लामा अखिल नेपाल शिक्षक संगठन (यएनटिओ) पर्वतले आइतवार देखी शैक्षिक जागरण अभियान शुरु गरेको जनाएको छ ।

आइतवार सदरमुकाम पर्वतमा शैक्षिक जागरण अभियान शुरु गरी पत्रकार सम्मेलन मार्फत अभियान शुरु गरेको जनाएको हो । उक्त संगठनले शिक्षकहरुको अधिकार, शैक्षिक संस्थामा नितिगत परिवर्तन एवं शिक्षा ऐन संसोधन गरी शिक्षण संस्थामा परिवर्तन गर्न अपरिहार्य रहेको जनाएको हो । संगठनले २०७२ पुसको १८ बाट विविध कार्यक्रम तथा केन्द्रिय बैठकबाट शुरु गरेको अभियान २०७३ जेष्ठ ३० गते सम्म शैक्षिक जागरण गर्ने जनाएको हो । संगठनले प्रदेश न. ४ को घोषणा तथा प्रशिक्षण कार्यक्रममा ब्यापक सहभागिता गराउँदै माघ १० गते देखी ६ महिने अभियानको औपचारीक घोषणा गरेको हो । राष्ट्रिय स्वाधिनता र नयाँ संविधान कार्यान्यनमा हाम्रो अभियान, ट्रेड युनियन अधिकार शैक्षिक विकास र नयाँ शिक्षा नितिका पक्षमा एकिकृत शैक्षिक आन्दोलन भन्ने नाराका साथ संचालीत अभियानमा पर्वत जिल्लामा शिक्षा मन्त्रालयले घोषणा गरेको प्रतिवद्धता पत्र कार्यन्यनका बारेमा सरोकारवालाहरुको भुमिकाका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लगायत गाउँ तथा नगरमा रहेका हरेक शैक्षिक क्षेत्रमा प्ुगेर अभियान तथा शैक्षिक जागरणको वारेमा अवगत गराउने, संगठन, योजना निर्माण, पुर्नगठन तथा बैठकहरु जस्ता धेरै कार्यक्रमहरुका साथ संचालन हुने बताइएको छ । अभियानको घोषणा कार्यक्रममा बोल्दै युएनटिओका केन्द्रिय सचिवालय सदस्य टेकनाथ गौतमले शिक्षा मन्त्रालयबाट नयाँ शैक्षिक निति तथा प्रतिवद्धता भैरहेको सन्दर्भका बारेमा तथा शिक्षक संगठनका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले अब शैक्षिक क्षेत्रमा नयाँ परिवर्तनको आवश्यकता रहेको औल्याउनुभएको थियो । त्यसैगरी कार्यक्रममा एनेकपा माओवादी पर्वतका सचिव ढाकाराम गौतमले एमाओवादीले मुलुकलाई ऐतिहासीक रुपमा परिवर्तन गर्न लागेको बताउँदै अब मुलुक परिवर्तनमा शिक्षकहरुको भुमिका अग्रिणी हुनुपर्र्ने धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला सहसचिव दिपक आचार्य, संगठनका जिल्ला सल्लाहकार नरेन्द्र गौतम लगायतले वोल्नुभएको थियो । एकिकृत अखिल नेपाल शिक्षक संगठन पर्वतका बरिष्ठ उपाध्यक्ष आनन्दराज पौडेलको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको संचालन संगठनका सचिव इन्द्रप्रसाद तिमिल्सीनाले र स्वागत भागिरथ अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई