2026-08-30 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीलाई भ्रष्टाचाररहित बनाउन आग्रह

माघ २९, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसको उदघाटन गर्दै प्रदेश प्रमुखले शासकीय संरचना अनुरुप राष्ट्रिय, प्रदेश र स्थानीय साधन, सम्पत्तिको अक्षरस्त सदुपयोग गर्ने, गराउने भूमिकामा अख्तियार सफल हुने विश्वास समेत ब्यक्त गरेका हुन् ।

मुलुकमा राजनीतिक परिवर्तन र संघियता कार्यान्वयनसँगै विभिन्न तहमा नेतृत्व गर्ने राजनीतिक नेतृत्व र कार्यरत राष्ट्रसेबक कर्मचारीको अबको दायित्व भनेको भ्रष्टाचार न्युनिकरण गर्दै जनताको समृद्धिका लागि जुट्नु पर्ने बेला आएको उनको भनाई थियो । प्रमुख खनालले भ्रष्टाचार भनेको आर्थिक तथा भौतिक सम्पत्तिको हिनामिना र रातारात धनिबन्न रकम लिनु मात्रै नभएर अनुशासनहिनता, समयमा कार्यालय नआउनु, तोकिएको जिम्मेवारी पूरा नगर्नु र मनोमानी रुपमा काम गर्नु तथा काममा अनियमितता देखिनु पनि भ्रष्टाचार नै हो’ उनले भने, ‘यसको अन्त्यका लागि विभिन्न तहमा कार्यरत कर्मचारी, राजनीतिक नेतृत्व र अख्तियारको कार्यालयले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनुपर्छ ।’ 

सञ्चार माध्यममा आउने गरेका भ्रष्टाचारका समाचारले आयोगको कार्यलाई चुनौति थपेको र भ्रष्टाचार अन्त्यका लागि कडा मेहनत र परिश्रम गर्नु पर्ने खनालले उल्लेख गरे । राष्ट्र र समाजलाई अघि बढाउने सपना देखेका हामी सबैको सपना पूरा हुन नदिने भनेका भ्रष्टाचारीहरु र भ्रष्टाचार नै हो भन्दै यसको न्युनिकरण गर्न नसक्दासम्म देशलाई समृद्ध र जनतालाई सुखी वनाउने सपना साकार हुन नसक्ने उनको भनाई थियो । ‘विकासको सबैभन्दा ठूलो अबरोध भ्रष्टाचार होर र यसको अन्त्यविना विकासका लक्ष्य प्राप्त गर्न सकिदैन’ खनालले थपे, ‘जनतामा रहेको रोग, भोक,गरिवि अशिक्षा र कुसंस्कारको अन्त्य गर्न कटिवद्ध निकाय र त्यसमा काम गर्ने कटिवद्ध नेतृत्वको आबस्यकता पर्छ भन्ने कुरा जबसम्म जिम्मेवार ब्यक्तिले बुझदैनन् तबसम्म हाम्रो भष्टाचारविरुद्धको अभियान कोरा कागजमा मात्रै सिमित हुन्छ ।’ 

उनले स्थापना दिवसका अबसरमा आयोजित कविता प्रतियोगितामा प्रथम द्वितिय हुने प्रविण कुमार आचार्य र सर्बज्ञा आचार्यलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।  अख्तियार कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा जिसस अध्यक्ष छविलाल सिग्देल,नगर प्रमुख देबकुमार सुबेदी, मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर र मुख्य सचिब रामप्रसाद थपलिया पत्रकार दुर्गाथापा र अशल शासनका हरि अधिकारीले पनि शुभकामना व्यक्त गरेका थिए ।  स्थापना दिबसका अबसरमा राखिएको रक्तदान कार्यक्रममा उपसचिब जङ्गबहादुर डाँगी, इन्जिनियर नारायण प्रसाद श्रेष्ठ लगाएत ११ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने