2026-08-29 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कैदीका लागि लाखौँका पुस्तक संकलन, पुस्तकालय स्थापनाको तिब्र तयारी

माघ २९, जुम्ला । जिल्ला कारागारका कैदी बन्दीहरुका लागि अध्ययन गर्न पुस्तक संकलन अभियान अन्तिम चरणमा पुगेको छ ।  कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तरगत कारगारका कैदीहरुलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना गर्ने काम जुम्लामा अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले पौष २५ गते एक कार्यक्रमको आयोजना गरेर शुरु गरेको अभियान अन्तरगत हाल सम्म ‘पाँच सय पुस्तकहरु’ संकलन भएका हुन् । कारागारमा पुस्तक संकलन अभियान अन्तरगत सहयोगी व्यक्तिहरुले कसैले आफुसँग भएका त, कसैले नयाँ पुस्तक किनेर उपलब्ध गराएको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए ।

कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तरगत कारागारमा पुस्तक संकलन अभियान गरेर कैदीहरुलाई समेत अध्ययनशिल बनाउन प्रयास गर्ने उद्देश्यका साथ शुरु भएको यो अभियानलाइ सफल पार्न उपसमिति समेत गठन गरिएको छ । सोमवार बसेको उक्त उपसमितिको वैठकले संकलन भएका पुस्तकहरु लिएर शिक्षा दिवसको अवसरमा आउँदो फागुन १२ गते जुम्ला कारागारमा पुस्तकालय स्थापना गर्ने निर्णय गरेको छ । पुस्तकालय स्थापना गर्नका लागि आवश्यक एक हजार बढि पुस्तक अटाउने र्याग तथा फर्निचरहरु निर्माणका गरिएका छन् ।

संकलन गरिएका पुस्तकहरु हाल सालै मदन पुरस्कार बिजेता निलम कार्कीको योगमाया, नोवेल पुरस्कार बिजेता पलएस बकको द गुड अर्थको नेपाली संस्करण कल्याणी धर्ती, माहात्म गान्धीको आत्मकथादेखी स्थानीय तथा राष्ट्रिय लेखक तथा साहित्यकारहरुका पुस्तकहरु संकलन गरिएका छन् ।   पुस्तकालय स्थापना गर्न बिराटनगराका डिल्लीराज गिरीले रु ४० हजारको पुस्तक, एक्पोर्ट कस्नर्सनका खेम संग्रौलाले रु ४० हजारका र जुम्लाका तोरुण कठायतले रु २ हजारका पुस्तक उपलब्ध गराएका छन् । यसैगरी  पत्रकार नागरिक समाज र विभिन्न व्यक्तिहरुले किताब उपलब्ध गराउने क्रम जारी छ । 

उत्पादनशिल, अध्ययन तथा ज्ञानवर्दक शिक्षाका लागि कर्णाली प्रदेश सरकारले संचालन गरेको यस अभियानलाई सबैले पृथक र अति आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कार्यक्रम निकै राम्रो भएको बताए । यस कार्यक्रमले गर्दा कारागारका मानिसहरु पनि अध्ययनशिल हुने उनको बुझाई छ । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम कारागारका बन्दिहरुको अर्को संसार र किताब पढौ जीवनलाई बदलौ, कर्णाली प्रदेशका कारागारलाई किताब अभियान’ भन्ने मुल नाराका साथ यो अभियान कर्णाली प्रदेशभरी शुरु भइ तिब्र गतिमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो