Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

विदुर नपाद्वारा पाँच कार्यविधि पारित

२०७५, २९ माघ मंगलवार १४:१२

माघ २९, नुवाकोट (रासस) | विदुर नगरपालिकाको चौथो नगरसभा आज पाँच कार्यविधि र पूरक बजेट पारित गर्दै सम्पन्न भएको छ । 

नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिको परिचयपत्रसम्बन्धी कार्यविधि, बालगृह सञ्चालन कार्यविधि, बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि पारित गरेको हो । विधेयक समितिका संयोजक तोयानाथ तिम्सिनाले प्रस्तुत गरेको विधेयकमा सभासदस्यको टिप्पणी सुझावसहित पारित गरिएको हो । 

नगर प्रमुख सञ्जु पण्डितको अध्यक्षतामा भएको नगरसभाले चालू आर्थिक वर्षका लागि पूरक बजेटसमेत पारित गरेको छ । उपप्रमुख गीता दाहालले प्रस्तुत गर्नुभएको रु छ करोड ७१ लाखको पूरक बजेटसभाले पारित गरेको हो । नगरपालिकाको पुस मसान्तसम्मको अर्धवार्षिक राजश्व आम्दानी रु सात करोड ३२ लाख ९५ हजार, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त निकासा आम्दानी रु ४१ करोड ७० लाख २० हजार रहेको छ भने पुस मसान्तसम्मको खर्च रु २७ करोड ७६ लाख १३ हजार छ । 

वडा नं ९ का अध्यक्ष सनी चित्रकारले वडामा मोटरसाइकल किन्नका लागि आएको बजेटले नगरपालिकाले एम्बुलेन्स किन्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको जानकारी दिनुभयो । वडामा एम्बुलेन्सको अति आवश्यक भएकाले मोटरसाइकल खरीदको रकमले एम्बुलेन्स किन्ने निर्णय भएको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश