2026-07-24 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नगरपालिकाको अधिवेशन आज

माघ १८, पर्वत ।

नगरसभापतिका लागि तीन जनाको दाबेदारी

देशव्यापी रुपमा चलेको नेपाली काँग्रेसको १३ औ अधिवेशनले यतिबेला जिल्ला जिल्ला तताएको छ । कतै झगडा त कतै सहमतिका विच संस्थापक पक्ष र प्रजातान्त्रिक पक्ष (देवा) पक्षविच कडा प्रशिपर्दा भैरहेको छ । यसैविच पर्वत जिल्लामा पनि नेपाली काँग्रेसको गाउँ अधिवेशन सम्पन्न भएको छ । गाउँ अधिबेशन सकिएसँगै यतिबेला जिल्लामा नगर कार्यसमितिको अधिवेशनले जिल्लालाई तताएको छ । नगर कार्यसमितिका लागि आज(बुधवार) नगर अधिवेशन हुदै छ ।

सभापति पदमा ३ महोत्वकाक्षी
कु्श्मा नगरपालिकाको नगर कार्य समितिको सभापतिको पदका तीन जना महोत्वकाक्षि देखिएका छन् । सभापतिको पदका लागि मोहन आचार्य, रामचन्द्र जोशी र हरिबहादुर सुवेदीले आफ्नो उम्मेदवारी दिएका छन् । जसका कारण नगरकार्यसमितिको अधिवेशन निकैनै कडाप्रतिशपर्दा हुने बताइएको छ । मतदान निर्वाचन अधिकृत हिरालाल रेग्मीले दिएको जानकारी अनु्सार खुल्ला प्रतिशपर्दा भएका कारण तीन जनाको उम्मेदावारी दर्ता भएको बताएका छन् । यता जिल्लामा नगर अधिवेशनलाई लिएर कस्ले जिल्ला भन्नेबारे टिकाटिप्पणी भैरहेको छ ।

सचिवमा २ जनाको उम्मेदवारी
यसैविच नगर समितको सचिव पदका लागि दुइ जनाले आफ्नो नाम दर्ता गराएका छन् । जसमा कमलप्रसाद पौडेल, दया सुवदी रहेका छन् । यता कोषाध्यक्षका लागि तीन जनाले आफ्नो नामवली दर्ता गराएका छन् जसमा प्रितमकुमार ग्ुरुङ, भगवती पौडेल र शिवराज शर्मा रहेका छन् । त्यसैगरी सदस्य तर्फ अमृत प्रसाद चापागाई, आनन्द विक, कपिल चापागाई, कालिका प्रसाद शर्मा, किशोर सुवेदी, कुलप्रसाद पाध्या, कृष्णप्रसाद उपाध्याय, कौशलचन्द्र रिमाल, गंगा शर्मा, चित्रबहादुर क्षेत्री, चुनबहादुर गुरुङ, झलक शर्मा पोख्रेल, डिल्लीराज सुवेदी, दिपकराज पौडेल,द्रुपति रिजाल, धनबहादुर भण्डारी, धनिलाल विक, प्रताप लामिछाने, फणिन्द्रनाथ शर्मा, विरेन्द्र रिजाल, बोलनाथ लामिछाने, मिना कुमारी शर्मा, योगराज गिरी, रामकुमार गिरी, लेखनाथ चालिसे र सुरेन्द्र केसी रहेको मतदान अधिकृत रेग्मीले बताए । त्यसैगरी क्षेत्रीय प्रतिनिधिका लागि आदीबासी जनजातीहरु तर्फ गमबहादुर गुरुङ, प्रेमबहादु्र गुरुङ, मना पुन सुन्दरप्रसाद जोशी र शान्ता बहादुर गुरुङ रहेका छन् । यता दलित तर्फबाट ५ जनाले उम्मेदवारी दिएका छन् जसमा निर्मल विश्वकर्मा, प्रेमबहादुर विक, भागीरथी नेपाली, मिठाराम विश्वकर्मा, रामबहादुर विक रहेका छन् । अल्पसंख्यक तर्फ उमादेवी कुमाल रहेकी छन् ।

संस्थापक र प्रजातान्त्रिकविच प्रतिपर्दा
कुश्मा नगरपालिकमा मात्रै नभई देशव्यापी रुपमा दुई गुटका विच नेपाली काँग्रेसको १३ अधिवेशन चलिरहेको छ । यसवै विच नगर समितिको लागि पनि पर्वतमा दुइ धार देखिएका छन् । संस्थापक (कोइराला) र प्रजातान्त्रि पक्ष (देवा) विच प्रतिपर्दा हुने भएको छ । सभापति पदका लागि उम्मेदवारी दिएका महोन आचार्य र हरिबहादुर सुवेदी प्रजातान्त्रि पक्षका रहेका छन जसमा हरिबहादुर सुवेदीले उम्मेदवारी र्क लिई महोन आचार्यलाई सहयोग गर्ने बताइएको छ भने रामचन्द्र जोशी सस्थापक कोइराला पक्षका हुन । समापति पदका लागि मात्र नभई अन्य पदका लागि पनि पनि दुई गट विच प्रतिपर्दा हुने पक्कानै छ । नगरअधिवेशन भोली ८ बजे हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक