2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गृहणीको मध्यारातको भान्छाको व्यथा कस्ले सुनिदेला

माघ १९, पर्वत ।  जिल्लामा विद्युत उत्पादन नभएका पनि हैनन् । जिल्लामा सानो ठूलो आयोजना गरी करिब आधा दर्जन विद्युत उत्पादन गृह छन् भने कति निर्माधिनको क्रममा छन् । पर्वत जिल्ला विद्युत उत्पादनको हिसाबले हेर्ने हो प्रभावित जिल्लामा पर्छ तर यहाँका बासिन्दाहरु अघोषित लोसेडिङको मारमा परेका छन्् ।

प्राधिकरणले लोडसेडिङ अघोषित रुपमा गरेका कारण पर्वतबासीले ठूलो सास्ती खेपेका छन् । भारतको नाकाबन्दीका कारण जिल्लामा इन्धन आपूत्र्ति आवश्यक मात्रामा हुन नसकेका बेलामा प्राधिकरणले लगाएको अघोषीत लोडसेडिङका कारण उपभोक्ता मारमा परेका छन् । प्राधिकरणले मध्यरात र मध्य दिनमा मात्रै विजुली दिने गरेका कारण गृहणीको यतिबेला मध्ये रात र दिनमा हुने गरेको छ ।

बडागाउँ बस्ने सिता विकले विद्युत प्राधिरकणले अघोषित रुपमा विद्युत काटौती गरेका कारण आफ्नो मध्य रातमा भान्छामा प्ुग्नुपरेको दुखेसो गरिन् । ग्यास नभएका बेलामा खाना पकाउनको लागि विद्यु्तमा भर पर्नु परेको तर विद्युत पनि अनियन्त्रीत र अघोषित रुपमा हुन थालेका कारण मध्य रातमा भान्छामा पस्नु् परेको उनले दुखेसो गरिन् ।

छोराछोरीर्ला विद्यालय पठाउनको लागि विहान कठिन हुने भएका कारण वेलुका नै खाना तयार पारी हड्केशमा राख्ने गरेको उनको तर्क छ । त्यसै गरी जया सुवेदीको पनि दुखेसो त्यस्तै छ । खाना पकाउनको लागि ग्यास नभएका कारण दाउरामा पकाउनेुपर्ने बाध्यता भएका बेलामा प्राधिकरणले अघोषित रुपमा विद्युत काटौती गर्दा आफूहरु थप मारमा परेको बताउन् उनले भनिन् – खाना राइस कु्करमा पकाउने थिए अब मध्यरातमा बत्ति आउँछ के गर्ने दाउराकै भरमा बस्नु परेको भनेको बेलामा फेरि दाउरा कहाँ पाइन्छ । प्राधिकरणले अघोषित रुपमा नै लोडसेडिङ गरेका कारण आफूहरु मारमा परेको उपभोक्ताको गुनासो छ । लोडसेडिङ न्यूनिकरण गर्नको लागि सरोकारवाला निकायले अझै पहल गर्न सकेका छैनन । प्राधिकरणले विद्युत कटौती गर्दा एक पटकमा ६ घण्टा लगातार लोडसेडिङ गर्ने गरेको छ ।

दैनिक १३ घण्टा लोडसेडिङ
सरकारले एक बर्ष्भित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्रुयाएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो । ‘

यसअघि सातामा ८३ घण्टा हुँदै आएको लोडसेडिङ ९१ घण्टा पुर्रुयाउन बाध्य भएका छौं,’ नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने ।प्राधिकरणका अनुसार हाल विद्युतको माग १३ सय मेगावाट भए पनि भारतबाट आयात गरेको समेत जोडेर नेपालमा ५ सय मेगावाट मात्रै बिजुली छ । माग भन्दा झण्डै ८ सय मेगावाट बिजुली अभाव भएकाले लोडसेडिङ बढाउनु परेको क्षेत्रीले तर्क गरे ।

बैकिङकारोवारमा समस्या
विद्य्ुत आपूत्तिमा लोडसेडिङ गरेपछि बैकीङ कारोबारमा समेत समस्या देखिएको छ । जिल्ला विद्युत प्राधिकरणले दिनमा ११ घण्टा बढी लोडसेडिङ गरेको छ, जसको असर बैकमा पनि देखिएको छ । विहान १० बजे बैकमा पैसा झिक्न आएकी बाजुङ १ की खिमकुमारी कार्की दिनभरी बैकमा नै बस्न बाध्य भएको गुनासो गरिन् । विद्य्ुत आएपछि मात्रै आफ्नो काम दुई बजेमात्र करिब ४ घण्टामा एउटा चेक साट्नको लागि कुर्न परेको उनको दुखेसो छ ।

विद्युतीय उद्योग अस्तव्यस्थ
विद्युत आपूत्र्तिमा सहजता नहुदाँ विद्यूतमा निर्भर हुने साइवर लगाएतका अन्य विद्युतीय कार्य गर्ने क्षेत्रमा समेत त्यसको असर परेको छ । पासवर्ड, नागरिकताको फोटोकपि, फोटो लगाएकाका कार्य गर्नको लागि समेत असर परेको छ तर विद्युतमा निर्भर रहेका यस्ता क्षेत्रको क्षतिपूर्ति कस्ले जवाफ दिने निकाय नभएको साइबर तथा कम्प्यूटर पसल थापेर बसेका राजु पौडेलको गुनासो छ ।

संचारमाध्यम ठप्प
प्राधिकरणले लोडसेडिङ अनियन्त्रित रुपमा गरेका कारण त्यसको असर आम संचारमाध्यममा समेत परेको छ जसका कारण रेडियो समेत बन्द हुने अबस्थामा पुगेका छन् । प्राधिकरणले तोकिएको भन्दा पनि बढी लोडसेडिङ गरेका कारण त्यसको असर आमसंचार माध्यममा परेको हो । स्थानिय दैनिक पत्रिका समयमा निस्कन सकेका छैनन् भने अर्को तर्फ रेडियोले आफ्नो प्रशारण सहज रुपमा गर्न नसकेकोको पत्रकार मुरारी संगमले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई