2026-08-30 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली महोत्सवको तयारी पूरा

फागुन ३, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको कर्णाली महोत्सव–२०७५ को तयारी पूरा गरिएको छ । सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिन लागिएको सम्पूर्ण तयारी पूरा भएको हो । 

वीरेन्द्रनगर नगरपालिकादेखि दक्षिण मैदानमा सञ्चालन गरिन लागेको महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन् । आज (शुक्रबार) दिउसो १२ बजे मंगलगढी चौकबाट झाँकीसहितको र्याली निकालिने महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुर्खेत च्याम्बर अफ कमर्सका अध्यक्ष चिन्तमणि शर्माले जानकारी दिए । उनले महोत्सवमा कर्णाली प्रदेशमै उत्पादिन कृषि, लघुउद्यम बस्तुहरुको प्रदर्शनी गर्ने जनाए । ‘महोत्सवमा प्रविधि र व्यवसायीक स्टलहरु पनि रहनेछन्’ शर्माले भने, ‘बाल उद्यानसंगै मनोरञ्जनात्मक कार्यक्रमहरु समेत महोत्सव अवधिभर सञ्चालन गरिनेछ ।’ कर्णाली सरकारले अघि सारेको कर्णाली रारा पर्यटन वर्षलाई समेत महोत्सवले सहयोग पुर्याउने अपेक्षा शर्माको छ । ‘बाह्य र अन्तरिक पर्यटकलाई कर्णालीका पर्यटन स्थलसम्म पुग्न महोत्सवले टेवा पुर्याउने छ’ शर्माले थपे, ‘सरकारलाई कर्णालीको विकास लागि महत्वपूर्ण योजनाहरुलाई यथाशिघ्र सञ्चालन गर्न पहल पनि गर्नेछौं ।’ 

फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३५० स्टल छन् । महोत्सव सञ्चालनका लागि ६० लाख खर्च  लाग्ने अनुमान आयोजकको छ । महोत्सव अवधिभर झण्डै दुईलाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको कारोवार गर्ने अपेक्षा आयोजकको छ । यी मध्य झण्डै दुइसय बढी सुर्खेतकै व्यवसायीक स्टलहरु रहेको शर्माको भनाई छ । ‘विगतभन्दा सुर्खेतका व्यवसायहरु यो पटक धेरै सहभागी हुनुभएको छ’ शर्मा भन्छन्, ‘महोत्सवमा स्थानीय कलाकारकर्मीहरुलाई प्रोत्सान गर्न विशेष प्राथमिकता दिएर प्रतियोगिताहरु सञ्चालन गर्दैछौं ।’ महोत्सवबाट संकलन भएको रकममध्य पाँच लाखको लगानीमा वीरेन्द्रनगरमा सार्वजनिक शौचालय गरिनेछ । सामाजिक उत्तरदायित्व अन्तरगत नगरपालिकाले तोकेको ठाउँमा ६ महिनाभित्रै शौचालय निर्माण गरिने शर्माले जानकारी दिए । महोत्सवमा राष्ट्रिय लोकदोहारी गित प्रतियोगिता गरिने पनि शर्माको भनाई छ । उनका अनुसार प्रतियोगिताका प्रथमलाई ५१ हजार १११, दोस्रोलाई ३१ हजार १११, तेस्रोलाई १५ हजार १११ र चौथो हुनेलाई ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, महोत्सवमा अवधिमा उत्कृष्ट गायक÷गायिकालाई भने ५ हजार १११ रुपैयाँ पुरस्कार समेत दिइनेछ ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने