2026-10-15 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैंक अनुदार र कठोर बनेकोप्रति संघ असन्तुष्ट

फागुन ३, सुर्खेत । बैंक तथा वित्तीय संस्थाहरु व्यापारी व्यवसायविरुद्ध अनुदार र कठोर हुँदै गएको भन्दै सुर्खेतका व्यापारीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा विहीबार वीरेन्द्रनगरमा भएको बैंकसंगको अन्तरक्रिया कार्यक्रममा सहभागीले बैंकहरु कठोर बन्दा समेत राज्यका निकाय मूकदर्शक बनेको गुनासो गरेका पनि गरेका छन् ।

राज्यको अकर्मण्यताकै कारण व्यापारी व्यवसायी चौतर्फी चपेटामा पर्दै गएको भन्दै व्यापारीहरुले वित्तीय संस्थाहरु कठोर बने आपूहरुपनि कठोर बन्ने चेतावनी दिए । संघका अध्यक्ष धनबहादुर रावतले सबैखाले आन्दोलन समाप्त गरेर आर्थिक समृद्धिको यात्रामा रहेका बेला बैंकहरुले व्यापारी व्यवसायीलाई फेरि आन्दोलनमा जान बाध्य बनाएको टिप्पणी गरे । बैंक र व्यापारी दुबैले व्यापार नै गर्ने भएको हुँदा दुबैको सम्बन्ध निरन्तर सुमधुर हुनुपर्नेमा जोड दिए । उनले आफूहरु व्यापार गरेर बस्न चाहेकले बैंक र वित्तिय संस्थाहरुले अनुदार र कठोर बनेकाले आन्दोलनमा जान बाध्य पारिएको उल्लेख गरे । नीजि क्षेत्र नै कुण्ठित र संकुचित हुने गरी बैंक ब्याज बढाएर मात्र दीर्घकालीन आर्थिक समृद्धि नहुने भन्दै अध्यक्ष रावतले अभिभावकका रुपमा रहेको राज्यले निजी क्षेत्रको पिरमर्कापनि बुझिदिनुपर्ने उल्लेख गरे । संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले मुद्दति खातामा धेरै ब्याज दिने प्रलोभन देखाएर बैंकमा पैसा थुपार्दा त्यसको प्रत्यक्ष मारमा व्यापारी परेको दाबी गरे । बैंक र राज्यका ढुकुटीमा पैसा थुपारेर मात्र अर्थतन्त्र नउकासिने भन्दै उनले अर्थतन्त्रलाई उकालो लगाउन चलायमान बनाउनुपर्ने आवश्यक्ता औंल्याए । 

संघका पूर्व महासचिव गोपालकृष्ण गिरीले बैंकहरुको संख्या बढेसंगै सेवासुविधा र सहुलियत वृद्धिमा होडबाजी हुनुपर्नेमा ब्याज वृद्धिमा प्रतिष्पर्धा भइरहेको भन्दै असन्तुष्टि पोखे । पूर्व उद्योग उपाध्यक्ष वासुदेव शर्माले चर्को ब्याजदरका कारण व्यापार व्यवसाय चौपट भए त्यसको असर बैंकलाई पनि पर्ने भन्दै एकअर्काको सुरक्षाको सवालमा दुबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यक्ता औंल्याए । कार्यक्रममा बैंकर्स एशोसियन सुर्खेतका अध्यक्ष पदम धानुकले व्यापारीले बेच्ने सामानको मूल्य समयक्रमसंगै बढेजस्तै बैंकको ब्यादरपनि समयसापेक्ष रुपमा बढिरहेको तर्क गरे । बैंकको ब्याजदर घटाउने बढाउने अधिकार शाखा प्रबन्धकलाई नभएको उल्लेख गर्दै व्यापारीका गुनासालाई माथिल्लो निकायसम्म पुर्याउने गरी माध्यमका रुपमा काम भने गर्न सकिने जिकिर गरे । ज्योति विकास बैंकका प्रबन्धक गंगाप्रसाद न्यौपानेले मिटर ब्याजको प्रलोभनमा बैंकभन्दा बाहिर अनौपचारिक आर्थिक ढंगले आर्थिक कारोवार सञ्चालन गरिएका कारण समस्या आएको तर्क गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन