२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवजागृत कप शुरू, पर्वतको विजयी सुरुआत

२२ माघ २०७२, शुक्रबार ०८:५०

parbatमाघ २२, पर्वत । नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना भएको प्रथम ‘नव जागृत कप २०७२’ को भलिबल खेल शुरू भएको छ । बिहीबार शुरू भएको उद्घाटन खेलमा पर्वत विजयी भएको छ ।

बिहिबार भएको उद्घाटन खेलमा पर्वतले हिमाली जिल्ला मुस्ताङलाई २५–१७, २५–१७ र २५–२१ सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतियोगिताको उद्घाटन पर्वत माननीय सांसद अर्जुन प्रसाद जोशीले गरेका थिए ।

प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न १० जिल्लाले सभागिता जनाएका छन । ‘हिमाल, पहाड र तराईका १० जिल्लालाई समेट्ने गरी टिमको उल्लासमय सहभागिताले प्रतियोगिता आयोजनाका लागि थप उर्जा थपिएको छ ।’ खेलकूद समितिका संयोजक अरुण श्रेष्ठले भने। काठमाडौं उपत्यका बाहिर उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता आयोजना भएको पनि उनले जानकारी गराए । उनले आफ्नो एकल प्रयासमै प्रतियोगिताका लागि करिव ७ लाख रुपैया सामाजिक सञ्जाल फेसबुक अभियानबाट संकलन गरेको पनि जानकारी गराए ।
माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । तेस्रो पुरस्कार प्रायोजन प्रतियोगिताको व्यवस्थापक तथा पुर्व राष्ट्रिय खेलाडी अरुण श्रेष्ठका तीन भाईले गरेका हुन् । यस्तै विधागत उत्कृष्ट हुनेले पनि जनही तीन–तीन हजार रुपैया प्राप्त गर्नेछन् ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा शुक्रबार ६ खेल हुदैछन । पहिलो खेलमा स्याङ्जा र तनहु, दोस्रो खेलमा कास्की र मुस्ताङ, तेस्रो खेलमा स्याङ्जा र बाग्लुङ, चौथो खेलमा नवलपरासी र म्याग्दी, पाँचौ खेलमा गुल्मी र रुपन्देही तथा अन्तिम खेलमा कास्की र पर्वत भीड्दै छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता शनिबार हुँदै जाडो छल्न आए आगन्तुक चरा चितवनमा नारायणगढ–बुटवल सडकको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री ओलीको चासो रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज पनि प्रदर्शन जारी रूपन्देहीमा रवि लामिछानेको तेस्रो दिनको लिखित बयान सुरू १४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार ‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’ कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै