2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया

फागुन ४, नुवाकोट (रासस) | जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । 

विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरमा मोतियाविन्दुको कारण आँखाको ज्योति गुमाएका सातको शल्याक्रियापछि आँखा देख्न सक्ने समेत भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख शङ्कर अधिकारीले जानकारी दिनुभयो । 

ग्रामीण भेगमा रहेको आँखाका बिरामीलाई सहजरूपमा शल्यक्रियासहितको उपचारको व्यवस्था गर्न शिविर आयोजना गरिएको हो । शुक्रबार सम्पन्न शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रचनासिंह राणासहितको २० जनाको टोली खटिएको थियो । 

माघ १७ गतेबाट जिल्लाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा दुई हजार २०७ जनाको आँखा परीक्षण भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । जिल्लामा १२ स्थानमा आँखा शिविर सञ्चालन गरिएको अधिकारीले बताउनुभयो । आँखा शिविर जिल्लामा भद्रुटार, पञ्चकन्या, राउतबँेसी, हल्देकालिका, देउराली, मदानपुर, चौघडा, किम्ताङ, भाल्चे, दाङसिङ, देवीघाटमा सञ्चालन भएको थियो । 

उक्त शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने आँखाका २२६ बिरामीको पहिचान गरिएको थियो भने नुवाकोट सामुदायिक आँखा केन्द्रमा आँखा परीक्षणको क्रममा मोतियाविन्दु भएका भेटिएका सहित तीनदिने शिविरमा ४८६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने योजना रहेको भए पनि सबै बिरामीको सहभागिता नभएकाले सङ्ख्या केही कम भएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई