2026-09-13 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट अस्पतालमा शुरु भयो शल्यक्रिया सेवा

फागुन ६, जाजरकोट | जाजरकोट अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । जिल्ला अस्पताल ५० श्याको भए पनि विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रिया जिल्ला बाहिर गरिँदै आएको थियो । 

अस्पतालमा डाक्टर महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिनुभयो । गतवर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले केही सामान्य शल्यक्रियाका काम गरे पनि काज सकेर फर्केपछि प्रसूति सेवा बन्द भएको थियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको लामो प्रयास, नगरप्रमुख चन्द्रप्रकाश घर्तीको निरन्तरताको प्रयासबाट जिल्लामा चिकित्सक आएपछि जिल्ला अस्पतालमा नै शल्यक्रिया सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताउनुभयो । 

अस्पतालमा शुक्रबारदेखि आइतबारसम्म चार जनाको सफल प्रसूति सेवा र एकजना भेरी नगरपालिका–४ की प्रमिला चन्दको शल्यक्रिया गरेर बच्चा निकालिएको डा भुपेन्द्र मल्लले जानकारी दिनुभयो । चन्दको शल्यक्रियामा डा सिलवालको नेतृत्वमा, डा मल्ल, डा केशरजङ्ग कार्की, डा अमन रञ्जीत, नर्स विद्या खत्री लगायत संलग्न हुनुहुन्थ्यो । 

अस्पतालमा दैनिक दुई जनासम्म आकस्मिक प्रसूति शल्यक्रिया गर्न सकिने क्षमता भएको डा. मल्लले जानकारी दिनुभयो । सञ्चालनमा आएको आकस्मिक प्रसूति सेवा निःशुल्क प्रदान हुने अस्पतालले जनाएको छ । सरकारले प्रसूति सेवा निःशुल्क गरेको छ । आइतबार साँझ बारेकोट गाउँपालिकाकी तीर्थ शाहीको एपेन्डसाइटको शल्यक्रियासमेत गरेको डा मल्लले जानकारी दिनुभयो । 

अति जटिल बाहेक सबै प्रकारका शल्यक्रिया सेवा अस्पतालबाटै दिन सकिने भएको उहाँले बताउनुभयो । अब बिरामीलाई सामान्य खालका शल्यक्रियाका लागि पनि चौरजहारी, नेपालगञ्ज जानुनपर्ने उहाँको भनाइ छ ।भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाबाट हुने सम्पूर्ण पहल गर्न तयार भएको बताउनुभयो । जिल्लामै गुणस्तरीय सेवा दिनसक्ने भरपर्दो अस्पताल बनाउन आफ्नो भरपुर प्रयास रहने उहाँले बताउनुभयो । अब शल्यक्रियाकै लागि नेपालगञ्ज र काठमाडौँ जानु नपर्ने डाक्टर मल्लले बताउनुभयो । 

जिल्ला अस्पतालमा सेवा प्रवाह सहज बनाउन नगरपालिकाले शववाहन उपलब्ध गराउने नगरप्रमुख घर्तीले बताउनुभयो । शल्यक्रियादेखि अन्य काम गर्न भौतिक संरचनाको अभाव हुँदा काम गर्न समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । निर्माण व्यवसायीले प्रसूति गृहको भवन निर्माण नगर्दा दैनिक सेवा प्रवाहमा समस्या भएको हो । जाजरकोटका सबै स्थानीय तहले पनि आफ्ना मातहतमा रहेका स्वास्थ्य संस्थालाई सक्रिय बनाई दैनिक कामकाजमा सहजता बनाएको बताएका छन् । जनताको जनजीवनसँग जोडिएको स्वास्थ्य जस्तो संवेदशील विषयका लागि आफूहरुले कुनै कसर बाँकी नराख्ने नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन