२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लोडसेडिङ विरुद्ध मोर्चा तयार

२०७२, १० फाल्गुन सोमबार ०५:४६

महेन्द्र केसी/ फागुन १०, पर्वत । विद्युत उत्पादन क्षेत्रका रुपमा रहेको पर्वतमा विद्युत प्राधिकरणले अन्य जिल्ला सरह लोडसेडिङ गरेको भन्दै स्थानीय युवाले लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नको लागि संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । पटकपटक उद्योग बाणिज्य संघ पर्वत र जिल्ला प्रशासनमा संयुक्त रुपमा गरेको सहमति प्राधिकरणले कार्यान्वयन नगरेको भन्दै स्थानिय युवा मोर्चा नै तयारी गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषाणा गरी सडकमा उत्रिएका हुन् ।

मिलन युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको संयोजकत्वमा रहकेको संघर्ष समतिमा एकता युवा क्लवका अध्यक्ष अच्यूत तिवारीलाई सदस्य सचिव तोकिएको छ । त्यसैगरी संघर्षसमितिको सदस्यमा (क्रान्तिकारी) विद्यार्थी संगठनका अध्यक्ष शंकर गिरी, युवा संघ नेपालका अध्यक्ष विमल लामिछाने, मिलन सुवेदी र दिपक पौडेल(दामोदर) रहेका छन् । त्यसैगरी भेलाले ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ जसमा नारायण उमाविका प्रचार्य पृथ्वीनारायाण शर्मा, उवासंघका गोपी अधिकारी , केदारनाथ शर्मा, रेडक्रस सोसाइटीका सभापति रुद्र गिरी, व्याप्सन पर्वतका अध्यक्ष हिम बहादुर क्षेत्री र याम चापागाई रहेका छन् ।

सर्वपक्षिय भेलाले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा लेडिकेशन जाने र उवासंघ पर्वतसँग भएका सहमति र सम्झौता कार्यान्वयन गराउन दबाब दिने, फागुन १० गते अर्थात् आज वेलुका सम्ममा लोडसेडिङ न्यूनिकरण नभए भोली अर्थात् फागुन ११ गते विशाल जुलुस सहित प्राधिकरण घेराऊ गर्ने निर्यण गरेको छ भने त्यसपछिका कार्यक्रम भने बैठक बसी तय गर्ने बताइएको छ । पर्वतमा भएका जलविद्य्ुत आयोजनाबाट कुल ४९ मेघावाट विद्युत उत्पादन हुन्छ तर हिउँदको समयमा भने कम उत्पादन हुने गरेका छन् । जिल्लामामा ए मोदीखोला जलविद्युत आयोजना १४ मेघावाट, कास्की नयाँपुलमा रहेका मोदीबाट ४ मेघावाट, ९.९ तल्लो मोदी खोला जलविद्युत आयोजना, १ मेघावाट पातिखोलामा रहेको छन् भने अन्य निर्माणधिन अबस्थामा छन् ।

विद्यूत आयात भएपनि लोडसेडिङ घटेन
विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात भएपछि जिल्लाको लोडसेडिङ आधाले घट्ने बताएता पनि त्यो भने हुन सकेको छैन । भारतबाट केहि दिन अगाडी मात्रै ८० मेघावाट विद्युत नेपालमा आयात भएको छ । विद्युत आयात भएपछि नेपालभरी दूई घण्टाले लोडसेडिङ घट्ने बताइएता पनि त्यो भने हुन सकेको छैन जसका कारण पनि जिल्लाको लोडसेडिङ कम हुन नसकेपछि स्थानीय युवाले संघर्ष समिति गठन गरी आन्दोलनमा होमिएका हुन् ।
parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली